तालिवानी शासनपछि फेरिएको विद्यार्थीको जीवन (फोटोफिचर)

काठमाडौँ । गत अगष्ट ३१ गते अफगानिस्तानको विद्रोही समूह तालिवानले सत्ता कब्जा गरेसँग कडा नियमका साथ बालबालिकाहरू स्कुल जान थालेका छन् । तालिवानी लडाकुसँग दुई दशक लामो युद्ध लडेको अमेरिकी सेना विना सर्त फर्किएसँगै अफगानिस्तानमा शरिया कानुन लागु हुँदै आएको छ ।
तालिवानले पूरै देश कब्जा गरेपछि अफगानिस्तानमा शरिया कानुन लागु गरेको छ । सोहीअनुसार स्कुल कलेजमा पुरुष र महिला विद्यार्थीहरू छुट्टाछुट्टै स्थानमा बसेर पठन पाठन गर्दै आएका छन् ।

स्कुलहरूमा बालिकाहरू अलग स्थानमा बसेर पढ्दै आएका छन् भने कलेजमा एउटै कक्षामा बीचमा पर्दा लगाएर महिला पुरुष पढ्दै आएका छन् । तालिवानले महिलाहरूलाई अनिवार्य रुपमा बुर्का लगाउनु पर्ने चेतावनी दिँदै आएको छ ।

अफगानिस्तानलाई तालिवानले कब्जामा लिएसँगै ठूलो मात्रामा मानवीय संटक उत्पन्न भएको छ । अहिले पनि सयौँ मानिस घरबारविहीन बन्न पुगेका छन् । यस्तै, लाखौँ अफगानी नागरिकले देश छाडेर भागेका छन् । शरिया कानुन लागु भएसँगै महिलाहरूले आन्दोलन गरी विरोध जनाएका थिए ।






प्रतिक्रिया