तालिवानी शासनपछि फेरिएको विद्यार्थीको जीवन (फोटोफिचर)

काठमाडौँ । गत अगष्ट ३१ गते अफगानिस्तानको विद्रोही समूह तालिवानले सत्ता कब्जा गरेसँग कडा नियमका साथ बालबालिकाहरू स्कुल जान थालेका छन् । तालिवानी लडाकुसँग दुई दशक लामो युद्ध लडेको अमेरिकी सेना विना सर्त फर्किएसँगै अफगानिस्तानमा शरिया कानुन लागु हुँदै आएको छ ।
तालिवानले पूरै देश कब्जा गरेपछि अफगानिस्तानमा शरिया कानुन लागु गरेको छ । सोहीअनुसार स्कुल कलेजमा पुरुष र महिला विद्यार्थीहरू छुट्टाछुट्टै स्थानमा बसेर पठन पाठन गर्दै आएका छन् ।

स्कुलहरूमा बालिकाहरू अलग स्थानमा बसेर पढ्दै आएका छन् भने कलेजमा एउटै कक्षामा बीचमा पर्दा लगाएर महिला पुरुष पढ्दै आएका छन् । तालिवानले महिलाहरूलाई अनिवार्य रुपमा बुर्का लगाउनु पर्ने चेतावनी दिँदै आएको छ ।

अफगानिस्तानलाई तालिवानले कब्जामा लिएसँगै ठूलो मात्रामा मानवीय संटक उत्पन्न भएको छ । अहिले पनि सयौँ मानिस घरबारविहीन बन्न पुगेका छन् । यस्तै, लाखौँ अफगानी नागरिकले देश छाडेर भागेका छन् । शरिया कानुन लागु भएसँगै महिलाहरूले आन्दोलन गरी विरोध जनाएका थिए ।






















राष्ट्रियसभा अन्तर्गतका चार समितिका सभापतिको पदबहाली
मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह
पशुपतिमा भेटिएका फ्रान्सेली नागरिकलाई अध्यागमन विभाग बुझाइयो
भोजपुरमा कुटपिटबाट एक जनाको मृत्यु
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
एमाले सांसद शर्मालाई थुनामुक्त गर्न अदालतको आदेश
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
खाडीका ऊर्जा पूर्वाधारमा इरानले बढायो आक्रमण
प्रतिक्रिया