मंगलबार, पुष १, २०८२

मंसिर २२ गते तपाईको राशीफल

मेरोन्यूज २०७८ मंसिर २२ गते ६:१५

आज २०७८ साल मंसिर महिनाको २२ गते बुधबार, मंसिर शुक्लपक्षको पञ्चमी तिथि । आज विवाहपञ्चमी तथा सीताराम विवाहउत्सव रहेको छ । त्यसैगरी आज अवाल ब्रम्हचारी षडानन्द जयन्ती पनि रहेको छ ।

मेष
पेशागत जीवनमा धैर्य भएर पाइला चाल्नु नै उपयुक्त हुने छ । आम्दानी औसत रहने छ । मनमा दुविधाका क्रमहरु रही रहने छन् । परिवारमा द्वन्दात्मक वातावरणले गर्दा मानसिक दबाब रहने छ । भाग्यहिनताकाका कारण सफलता भन्दा असफलता प्राप्त हुने छ ।

वृष
पेशागत जीवनमा बादबिबाद भन्दा सतत लैजाने प्रयास गर्नु ठिक हुने छ । आम्दानी औसत रहने छ । बौद्धिक स्तरमा पनि उन्नति हुने छ । दुविधात्मक व्यक्तित्व हुने हुँदा निर्णय क्षमतामा कमि आउने छ । शारीरिक स्वास्थ्यमा कमजोरी देखिने छ ।

मिथुन
पेशागत जीवन अस्थिरताको चक्रव्युहबाट गुज्रने छ । साझेदारीमा गरिएका काममा समस्या देखा पर्ने छ । दृढ खाले ब्यक्तित्व हुने छ । परिवारका सदस्यहरुको शारीरिक स्वास्थ्यले सताउने छ । यसले आर्थिक दबाब सृजना गर्ने छ ।

कर्कट
पेशागत जीवनमा केही उतार चढावको अवस्था आउने भएकाले धैर्यतापूर्ण कदम नै ठिक हुने छ । मनोबलमा केही सुधार आउने छ । पारीवारिक सदस्यमा बेमेल र अमेलको अवस्था आउने छ । शारीरिक र मानसिक रुपमा देखा पर्ने कमजोरीले गर्दा मनमा उत्साह र उमङ्गको कमि हुन जाने छ । दाम्पत्य जीवनमा भने प्रेमपूर्ण सम्बन्ध कायम रहने छ ।

सिंह
पेशागत क्षेत्र स्थिर रहने छ । साझेदारीमा गरिएका काममा भने असन्तुलन र तिक्तता देखा पर्ने छ । भाग्यले धेरै साथ नदिएका कारण धेरै जोखिमपूर्ण भन्दा कम जोखिमपूर्ण कदम लिनु राम्रो हुने छ । मनोवलमा कमि देखिने हुँदा निर्णय क्षमतामा गिरावट रहने छ ।

कन्या
पेशागत जीवनमा सोचे जस्तो प्रगति हुन कठिनाई हुने छ । आम्दानीमा कमि रहने छ जसले गर्दा परिवारको आर्थिक चक्रमा सन्तुलन मिलाउन जटिलता हुने छ । भाग्य बलियो रहेकाले चालेका कदमहरुबाट सन्तोष मिल्ने छ । पैतृक धन सम्पत्तिका विषयमा झैझगडाको जोखिम देखिन्छ ।

तुला
पेशागत जीवनबाट सन्तोष प्राप्त हुने छ । आम्दानीमा भने आशा गरे अनुसारको बृद्धि हुने छैन् । साझेदारीमा गरिएका कामहरुमा बादबिबाद तिक्तता देखिने छ । खर्चको अवस्थामा पनि निकै बृद्धि हुने छ । समाजबाट कदर प्राप्त हुँदा मनमा सन्तोष प्राप्त हुने छ ।

वृश्चिक
पेशागत जीवन औसत रहने भए तापनि आम्दानीमा भने केही बृद्धि हुने छ । तर भाग्यको साथको अभावका कारण बाधा ब्यवधानहरु एकपछि अर्काे सामना गर्दै अघि बढ्नु पर्ने छ । शारीरिक र मानसिक रुपमा थकान महशुस हुने छ । सवारीसाधनसँग सम्बन्धि विषयमा संयमित रहनु होला ।

धनु
पेशागत जीवनमा सन्तुलित पाइला चाल्नु नै उचित हुने छ । धेरै जोखिमपूर्ण निर्णयहरु पेशागत जीव्नमा लिनु भन्दा निरन्तरताबारे सोच्दा उपयुक्त हुने देखिन्छ । बोलीको प्रभाव कायम रहने छ । मानसिक हिसावले भने दृढ संकल्पित व्यक्तिका रुपमा छवी बन्ने छ । रोग ब्याधीले भने च्याप्ने छ ।

मकर
पेशागत जीवनमा खेलेका भुमिकाको उच्च कदर हुने छ । आर्थिक जीवन सहज बन्ने छ । शितल स्वाभावको व्यक्तित्व हुने भए तापनि पारीवारिक सम्बन्धहरुमा भने नियन्त्रण नगुमाउनु होला । पारीवारिक जीवन तनावबाट गुज्रने छ । जीवनसाथिको अटुत विश्वासिलो साथ रही रहने छ ।

कुम्भ
पेशागत जीवनमा उत्साह र उमङ्गको लहर आउने छ । आम्दानीमा बृद्धिको दरिलो संकेतहरु देखा पर्ने छन् । स्वास्थ्यमा सुधार आउने छ । अस्पताजन्य खर्चहरु पनि रोकिन जाने छन् । परिवारप्रति समर्पित स्वाभाव हुने छ । रिस नियन्त्रणमा भने ध्यान दिनु होला ।

मीन
पेशागत जीवन औसत खालको हुने छ । शारीरिक स्वास्थ्यमा असन्तुलन हुने हुँदा यसले कार्य क्षेत्रमा राम्रो प्रदर्शन गर्न बाधा उत्पन्न गराउने छ । मन भने बलियो हुने भएकाले सँहालिन निकै मद्धत पुग्ने छ । साथिभाइ तथा आफन्तले साथ समर्थन गर्ने छन् । बोलीको प्रभावकारितामा ह्रास आउने छ ।

(ज्यो. गुरु दिवाकर पन्त – ज्योतिषी, वास्तुविद्, रत्नविद् एवं हस्तरेखाविद् हुन् सम्पर्क– ९८१३६३७२३८)

प्रतिक्रिया