धार्मिक महोत्सवबाट साढे तीन करोड संकलन
काठमाडौँ । गलकोटको लक्ष्मीनारायण मन्दिरमा सञ्चालन गरिएको धार्मिक महोत्सवबाट साढे तीन करोड रुपैयाँ संकलन भएको छ । गलकोट नगरपालिका ९ छिसमा रहेको गलकोटकै पुरानो मन्दिरमा महोत्सव सञ्चालन भएको हो ।
यही मंसिर ६ गतेदेखि मन्दिरमा आयोजना गरिएको महायज्ञ तथा विश्व जागरणात्मक धार्मिक महोत्सव सोमबार सम्पन्न भएको थियो । धार्मिक महोत्सवमा स्थानीयवासीले दान र चन्दा सहयोग गरेका महोत्सव व्यवस्थापन समितिका कोषाध्यक्ष यज्ञप्रसाद सापकोटाले जानकारी दिए ।
धार्मिक महोत्सवमा सुप्रसिद्ध कथा वाचिका यशोदा माता र युवा व्यास प्रखर भागवत वक्ता सुदर्शन रामानुजदास सन्तोषले श्रीमद्भागवत कथाको प्रवचन दिएका थिए । बाजागाजा, पञ्च कलश, शोभायात्रासहित शुभारम्भ भएको धार्मिक महोत्सवमा सवा करोड दीप प्रज्ज्वलन गरिएको उनले बताए ।
सो अवसरमा प्रखर धर्मगुरुहरूको आतिथ्यतासँगै सन्तहरुको कुम्भमेला गरिएको थियो । महोत्सव अवधिभर दैनिक भजनकीर्तन, सांगीतिक झाँकीसहितका सांस्कृतिक प्रस्तुतिहरु गरिएको महोत्सव मूल आयोजक समितिले जनाएको छ । पाँच करोड आर्थिक संकलन गर्ने लक्ष्यसहित धार्मिक महोत्सव सञ्चालन गरिएको थियो ।
महोत्सवलाई स्वदेश तथा विदेशबाट सहयोगदाताले उल्लेख्य सहयोग गरेका छन् । महोत्सवमा कलाकार, आर्थिक सहयोगदाता तथा विभिन्न क्षेत्रबाट महोत्सवलाई सफल पार्न सहयोगी भूमिका निर्वाह गर्नु हुने व्यक्तित्व एवं संघसंस्थालाई अभिनन्दन गरिएको थियो । मन्दिरलाई धार्मिक महोत्सवबाट संकलित रकममार्फत लक्ष्मीनारायण मन्दिरको जीर्णोद्धारसँगै विविध सेवासहितको प्रसिद्व दिव्यधाम निर्माण, गौशाला निर्माण, वृद्धाश्रम, संस्कृत विद्यालय स्थापना, वेदशास्त्रसमेतको सेवा गर्दै भगवान्को पूर्ण आराधना गर्ने स्थलका रूपमा विकास गरिने महोत्सव व्यवस्थापन समितिका अध्यक्ष इन्द्रमणि सापकोटाले जानकारी दिए ।
महोत्सवले लक्ष्मीनारायण मन्दिरलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न महत्वपूर्ण टेवा पुगेको उनले बताए । विसं २०२५ माघ ७ मा प्राणप्रतिष्ठासहित शुभारम्भ गरिएको मन्दिरमा वैदिक पाञ्चरात्र विधिअनुसार पूजाअर्चना हुँदै आएको छ ।
















वैशाख २२ गते मंगलबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
कर्मचारीले इन्धन दुरुपयोगको गरेको आरोप स्वास्थ्यमन्त्रीले लगाएपछी मन्त्रालयले भन्यो- दुरुपयोग भएको छैन
सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
विश्वकै व्यस्त मानिने दुबई विमानस्थलमा यात्रुको सङ्ख्यामा ६६ प्रतिशतको गिरावट
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
मौसम पूर्वानुमान : केही यी स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
प्रतिक्रिया