धार्मिक महोत्सवबाट साढे तीन करोड संकलन
काठमाडौँ । गलकोटको लक्ष्मीनारायण मन्दिरमा सञ्चालन गरिएको धार्मिक महोत्सवबाट साढे तीन करोड रुपैयाँ संकलन भएको छ । गलकोट नगरपालिका ९ छिसमा रहेको गलकोटकै पुरानो मन्दिरमा महोत्सव सञ्चालन भएको हो ।
यही मंसिर ६ गतेदेखि मन्दिरमा आयोजना गरिएको महायज्ञ तथा विश्व जागरणात्मक धार्मिक महोत्सव सोमबार सम्पन्न भएको थियो । धार्मिक महोत्सवमा स्थानीयवासीले दान र चन्दा सहयोग गरेका महोत्सव व्यवस्थापन समितिका कोषाध्यक्ष यज्ञप्रसाद सापकोटाले जानकारी दिए ।
धार्मिक महोत्सवमा सुप्रसिद्ध कथा वाचिका यशोदा माता र युवा व्यास प्रखर भागवत वक्ता सुदर्शन रामानुजदास सन्तोषले श्रीमद्भागवत कथाको प्रवचन दिएका थिए । बाजागाजा, पञ्च कलश, शोभायात्रासहित शुभारम्भ भएको धार्मिक महोत्सवमा सवा करोड दीप प्रज्ज्वलन गरिएको उनले बताए ।
सो अवसरमा प्रखर धर्मगुरुहरूको आतिथ्यतासँगै सन्तहरुको कुम्भमेला गरिएको थियो । महोत्सव अवधिभर दैनिक भजनकीर्तन, सांगीतिक झाँकीसहितका सांस्कृतिक प्रस्तुतिहरु गरिएको महोत्सव मूल आयोजक समितिले जनाएको छ । पाँच करोड आर्थिक संकलन गर्ने लक्ष्यसहित धार्मिक महोत्सव सञ्चालन गरिएको थियो ।
महोत्सवलाई स्वदेश तथा विदेशबाट सहयोगदाताले उल्लेख्य सहयोग गरेका छन् । महोत्सवमा कलाकार, आर्थिक सहयोगदाता तथा विभिन्न क्षेत्रबाट महोत्सवलाई सफल पार्न सहयोगी भूमिका निर्वाह गर्नु हुने व्यक्तित्व एवं संघसंस्थालाई अभिनन्दन गरिएको थियो । मन्दिरलाई धार्मिक महोत्सवबाट संकलित रकममार्फत लक्ष्मीनारायण मन्दिरको जीर्णोद्धारसँगै विविध सेवासहितको प्रसिद्व दिव्यधाम निर्माण, गौशाला निर्माण, वृद्धाश्रम, संस्कृत विद्यालय स्थापना, वेदशास्त्रसमेतको सेवा गर्दै भगवान्को पूर्ण आराधना गर्ने स्थलका रूपमा विकास गरिने महोत्सव व्यवस्थापन समितिका अध्यक्ष इन्द्रमणि सापकोटाले जानकारी दिए ।
महोत्सवले लक्ष्मीनारायण मन्दिरलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न महत्वपूर्ण टेवा पुगेको उनले बताए । विसं २०२५ माघ ७ मा प्राणप्रतिष्ठासहित शुभारम्भ गरिएको मन्दिरमा वैदिक पाञ्चरात्र विधिअनुसार पूजाअर्चना हुँदै आएको छ ।










एमालेको मतदान समय सारियो, अब बुधबार बिहान ८ बजेदेखि
निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग
आगामी आवको बजेट निर्माण प्रक्रिया सुरु
…अनि मनभरि आशा बोकेर सिंहदबार छिरे जयलाल
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
प्रत्येक प्रदेशबाट एक युवा अनिवार्य, यस्तो बन्ने भयाे एमाले केन्द्रीय कमिटीको संरचना (सूचीसहित)
विधान संशोधनपछि सुरेन्द्र पाण्डेको आपत्ति : ‘हिजो घटाउने अनि आज बढाऔं भन्नु मनपरी होइन?’
कांग्रेसले बोलायो केन्द्रीय समितिको आकस्मिक बैठक
प्रतिक्रिया