हेलिकोप्टर दुर्घटना अपडेटः ११ जनाको शव निकालियो
मेरोन्यूज
२०७८ मंसिर २२ गते १६:३३

काठमाडौँ । भारतको तमिलनाडुमा बुधबार भएको सेना प्रमुख चलेको हेलिकोप्टर दुर्घटनामा मृत्यु हुनेको संख्या ११ पुगेको छ ।
उक्त हेलिकोप्टरमा सुरक्षा प्रमुख (सीडीएस) बिपिन रावत, उनका कर्मचारी र केही परिवारका सदस्यहरु गरी १४ जना सवार रहेका थिए ।
दुर्घटनाग्रस्त हेलिकोप्टरबाट ११ वटा शव निकालिएको भारतीय समाचार च्यानलहरुले जनाएका छन् ।
तमिलनाडुको कोइम्बटूर र सुलुरको बीचमा दुर्घटनाग्रस्त भएको जनाइएको छ । खोजी र उद्धार कार्य सुरु गरिएको स्रोतले जनाएको छ । थप विवरणहरु प्राप्त नभएको जनाइएको छ ।
सम्बन्धित
प्रतिक्रिया