थप २८० जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु
मेरोन्यूज
२०७८ मंसिर २२ गते १६:५४

काठमाडौं । नेपालमा बुधबार थप २८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा देशभरका १२ हजार १ सय ७४ जनाको परीक्षण गर्दा २८० जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
देशभर ९ हजार १६८ जनाको पीसीआर परीक्षण र ३ हजार ६ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो । नेपालमा हाल ६ हजार २३९ जना सक्रिय संक्रमित छन् ।
यस्तै, पछिल्लो २४ घण्टामा ३६६ जना कोरोनामुक्त भएको मन्त्रालयले जनाएको छ ।
यस्तै, कोरोना संक्रमण पुष्टी भएका थप दुई जनाको पछिल्लो २४ घण्टाको अवधिमा मृत्यु भएको छ।
यसैबीच, काठमाडौं उपत्यकामा भने बुधबार १४६ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १००, ललितपुरमा ३१ र भक्तपुरमा १५ संक्रमित थपिएका छन् ।
सम्बन्धित
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया