सोमबार, पुष ७, २०८२

विहीबार कांग्रेस केन्द्रीय समितिको अन्तिम बैठक बोलाइयो

मेरोन्यूज २०७८ मंसिर २२ गते २०:५८

काठमाडौँ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन शुक्रबारदेखि शुरु हुने भएकाले त्यसअघि विहीबार केन्द्रीय समितिको अन्तिम बैठक बोलाइएको छ ।

कांग्रेस केन्द्रीय समिति बैठक विहीबार विहान साढे ११ बजे सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति प्रकाशित गरी जानकारी दिएका हुन् ।

कांग्रेस महाधिवेशनको पूर्वसन्ध्यामा केन्द्रीय कमिटी बैठक बोलाइएको हो । बैठकमा केन्द्रीय कार्य समितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुलाई बोलाइएको छ ।

बैठकमा महाधिवेशनको तयारी लगाएतका विषयमा छलफल हुने जनाइएको छ ।

कांग्रेसको १४ औं महाधिवेशन मंसिर २४ शुक्रबारदेखि शुरु हुँदैछ । महाधिवेशन मंसिर २७ गतेसम्म चल्नेछ ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिले बुधबार निर्वाचन कार्यक्रम समेत सार्वजनिक गरिसकेको छ ।

प्रतिक्रिया