तपाईको दिन कस्तो ? हेर्नुहोस् राशीफल

आज २०७८ साल मंसिर महिनाको २३ गते बिहीबार, मंसिर शुक्लपक्षको षष्ठी तिथि ।
मेष
शारीरिक थकान धेरै देखा पर्नेछ । मांसपेशी दुख्ने र रगतसम्बन्धी समस्याले दुःख दिने छ । मनोबलमा कमि हुन जाने छ । साथै मनमा निराशाजनक भावले सताउने थाल्ने छ । जीवनप्रति रहेको उत्साहमा कमि आउने छ । सौन्दर्य प्रशाधनको ब्यापार, घर जग्गाको कारोवार, होटल, रेष्टुरेण्ट, डान्स बार, सजावटका सााग्रीहरुको कारोवार, व्युटिपार्लर आदी जस्ता पेशा ब्यवसायमा संलग्नहरुलाई समय सकारात्मक रहने छ ।
वृष
समय प्रतिकुल रहेकाले संयमित रहनु होला । भाग्यको साथ नरहेकाले संघर्ष धेरै तर प्रतिफल कम प्राप्त हुँदा मनमा निराशा आउने छ । धेरै जोखिमपूर्ण काममा हात हाल्न समय छैन् । पेशागत जीवनमा केही समस्याहरु उत्पन्न हुने भएकाले तीसँग जुध्नु पर्ने हुन्छ । पेशागत जीवनक विषयले मनमा असाध्यै तनाव सृजना गराई दिने छ । राजनीति, बजार ब्यवस्थापन, न्याय क्षेत्र, लेखन, उच्च ब्यवस्थापक, वाणिज्य, पत्रकारिता, सञ्चार जगत, स्टेशनरी जस्ता पेशा ब्यवसायमा संलग्नहरुलाई समय प्रतिकुल छ ।
मिथुन
पेशा ब्यवसाय प्रति भरपुर साहस आउने छ । परिवारको साथले गर्दा कर्मशिलतामा बृद्धि हुन जाने छ । भाग्यको साथ रहेकाले बाणिज्य, ब्यापार तथा ब्यवसायमा संलग्नहरुलाई फाईदा मिल्ने छ । खासगरी भाग्यको साथ रहेकाले पेशागत जीवनमा उन्नति हुने जाने छ । साझेदारीमा गरिएका कामहरुमा भने उल्झन देखा पर्ने जाने छ । सजावटका सामान, अस्पतालका सामानको आपूर्ति, औषधिको कारोवार, वाणिज्य, पत्रकारिता, ब्यवस्थापन, आदी जस्ता क्षेत्रमा संलग्नहरुलाई फाइदा हुने छ ।
कर्कट
भाग्यको साथ रहेकाले मनोबल बलियो हुने भएकाले परिस्थिति संम्हालिने छ । आम्दानीमा बृद्धि हुने छ । थोरै मेहनतबाट पनि धेरै फाइदा मिल्न पुग्ने छ । तर मनमा भने अत्याधिक धेरै दुविधाहरु देखा पर्ने छन् । साझेदारीमा गरिएका काममा बिबाद देखिने छ । साझेदारहरु बीच टकरावको अवस्था आउने छ । बजारीकरण, ब्यवस्थापन, संचारकर्मी, पत्रकारिता, सञ्चार क्षेत्र, ब्यापार विजनेश आदी जस्ता क्षेत्रमा संलग्नहरुलाई फाइदा हुने छ ।
सिंह
भित्रि बुद्धि मन्द हुन पुग्दा मन्द ब्यक्तित्व कायम हुने छ । समय प्रतिकुल रहेकाले गर्न खोजेको काममा ढिला गरि मात्र प्रगति हुने छ । बादबिबाद तथा अवरोधहरु एकपछि अर्काे गर्दै आउने भएकाले मानसिक रुपमा यसबारेमा तयार रहनु होला । रोजगारी तथा तथा व्यवसायमा समस्या देखा पर्न जाने छन् । साझेदारीमा गरिएका काममा पनि समस्याहरु देखा पर्ने छन् । सन्तान सुख प्राप्त हुने छैन् । स्टेशनरी, शिक्षा क्षेत्र, लेखन, अध्ययन अध्यापन, प्रेस जगत, होटल, रेष्टुरेण्ट, आदीमा संलग्नहरु धैर्य भएर रहनु पर्ने छ ।
कन्या
असाध्यै कडाखाले ब्यक्तित्व हुने भएकाले आफु भन्दा सानाले भन्नु पर्ने कुराहरु पनि स्पष्ट रुपमा भन्न हिच्किचाउने छन् । कसैसँग नडराउने ब्यक्तित्व हुने छ । मनमा भने उदासिनता देखा पर्ने छ । जीवनसाथिको सल्लाह लिएर काम गरेमा फाईदा मिल्ने छ । प्रशासन, न्याय क्षेत्र, राजनीति, ठेक्कापट्टा, उद्योग कलकारखाना, श्रम क्षेत्र आदीमा संलग्नहरुलाई समय अनुकुल रहने छ । प्रेममा सफलता मिल्ने छ ।
तुला
पेशागत जीवन शुभ रहने छ । तर साझेदारीमा गरिएका कामहरुमा भने समस्याहरु देखिने छ । आम्दानीमा बृद्धि हुन जाने छ । आत्माबल उच्च भएको दृढ ब्यक्तित्व हुने छ । रिस कडा खालको हुने भएकाले संयमित रहने प्रयास गर्नुहोला । बोली कडा शैलीको हुने हुँदा नियन्त्रित रहनु उपयुक्त हुने छ । उद्योग, कलकारखाना, ढुवानीका सवारीसाधन, औषधी ब्यापार, मेडिकल पसल, ठेक्कापट्टा, छालाजन्य वस्तुको कारोवार, भैंसीपालनमा लागेकाहरुलाई लाभ हुने छ ।
वृश्चिक
बोली आवश्यकता भन्दा अप्रत्याशित कडा देखा पर्ने भएकाले यसबारेमा विचार पु¥याउनु होला । पेशागत जीवनमा आँटेका कामहरुमा सफलता प्राप्त हुने छ । तर आफुले खेलेको भुमिका अनुसार कदर नहुँदा निराशा आउने छ । भाग्यको साथ रहेकाले आम्दानीमा बृद्धि हुन पुग्ने छ । कतिपय सन्दर्भमा अघि नै नबढ्नु पर्ने विषयमा पनि मेहनत गर्न मन लागि पराक्रमी स्वाभाव देखाउन मन लाग्ने छ । बोडिङ्ग स्कूल, कलेज तथा विश्वविद्यालय, शिक्षा क्षेत्र, अध्ययन अध्यापन, परामर्श जस्ता क्षेत्रमा सक्रियहरुलाई फाईदा मिल्ने छ ।
धनु
मेहनत र पराक्रमी स्वाभाव हुने छ । आफ्नो लक्ष्य वा सपना पुरा गर्न सक्रिय हुने स्वाभावमा बृद्धि हने छ । जीवनसाथिको सल्लाहमा काम गरेमा फाईदा हुने छ । परिवारमा सुमधुर वातावरण रहने छ । भाग्यको साथ कम भएकाले ढिलो गरि मात्र नतिजा आउने हुँदा धैर्यता नगुमाउनु होला । ब्यवसायिक जीवनमा धेरै जोखिपूर्ण निर्णय नलिनु होला ।
मकर
परिवारका सदस्यहरुले विश्वास गर्ने छन् । मनमा भने निराशाले च्याप्ने छ । जसले गर्दा उत्साह र उमङ्गको कमि हुन जाँदा आलसी ब्यक्तित्व बन्न जाने छ । पेशागत जीवनमा पनि नसोचेका समस्याहरु देखा पर्ने भएकाले अत्यन्त संयमित भएर पाइला चाल्नु होला । जसले गर्दा आफ्नो पेशाप्रति वितृष्णा देखा पर्ने भएकाले पेशागत विषयमा मौन नै रहँदा उत्तम हुने छ । लेखन, प्रवचन, परामर्श, शिक्षा क्षेत्र, बौद्धिक पेशा जस्ता क्षेत्रमा संलग्नहरुलाई समय अनुकुल छ ।
कुम्भ
परिवारमा झगडा वा कटुता देखा पर्ने छ । दाम्पत्य जीवनमा राम्रो गर्न खोज्दा खोज्दै पनि नकारात्मक अवस्था आउने छ । अत्यन्त कडा प्रकृतिको ब्यक्तित्व हुने भएकाले विषयवस्तु बिग्रिन पुग्ने भएकाले यसबारेमा ध्यान दिनुहोला । रिस कडा खालको हुन जाँदा अनावश्यक रुपमा तिक्तता खाले वातावरण बन्न पुग्ने छन् । प्रतिष्पर्धात्मक स्वाभाव हुने भएकाले कसैसँग नदब्ने बानी भने हुने छ । ब्यवस्थापन, नेतृत्व, ब्यवस्थापक, स्टेसनरी, कलेज, बोडिङ्ग स्कुल, शैक्षिक संस्था जस्ता क्षेत्रमा आवद्धहरुलाई समय धेरै अनुकुल बन्न सक्ने छैन् ।
मीन
ब्यापार विजनेश गर्नेहरुलाई फाइदा मिल्ने छ । सेवा क्षेत्रमा रहेकाहरुको हकमा भने समय औसत रहेको छ । बोलीमा कडापन आउने हुँदा आफैलाई घाटा हुन जाने छ । परिवारमा झगडा देखा पर्ने छ । प्रतिष्पर्धात्मक क्षमतामा भने केही बलियोपना देखिएकाले असजिलो परिस्थितिमा पनि नडराउने दृढता देखा पर्ने छ । पुस्तक प्रकाशन, पत्रकारिता, स्टेशनरी, वाणिज्य ब्यापार जस्ता क्षेत्रमा सक्रियहरुलाई समय केही अनुकुल बन्ने छ ।
(ज्यो. गुरु दिवाकर पन्त– ज्योतिषी, वास्तुविद्, रत्नविद् एवं हस्तरेखाविद् हुन् सम्पर्क– ९८१३६३७२३८)















भक्तपुरमा जिब्रो छेड्ने जात्राको ब्रत सुरु
काठमाडौँमा दुर्घटना न्यूनीकरण गर्न सचेतना अभियान
नयाँ FZ FI New Gen सार्वजनिकसँगै यामाहा ब्लू फेस्टमा मनाइयो इनोभेसनको उत्सव
खाडी नाकाबन्दीले युद्ध झन् चर्किने सङ्केत
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
उपसभामुख ठाकुरले लिइन् शपथ
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उद्योग र श्रममन्त्रीद्वारा शपथ
प्रतिक्रिया