को हुन् विपिन रावत चढेको हेलिकोप्टर दुर्घटनामा बाँचेका वरुण
मेरोन्यूज
२०७८ मंसिर २३ गते १०:१९

काठमाडौँ । भारतको तमिलनाडु राज्यको कुन्नुरमा बुधबार हेलिकोप्टर दुर्घटनामा परी ११ जनाको मृत्यु भएको छ । घटनामा सेना प्रमुख चिफ अफ डिफेन्स स्टाफ (सीडीएस)का प्रमुख जनरल बिपिन रावत, उनकी पत्नीसहित ११ जनाको घटना स्थलमा नै मृत्यु भएको हो ।
हेलिकोप्टरमा १२ जना सवार थिए । दुर्घटनामा ११ जनाको मृत्यु हुँदा क्याप्टेन वरुण सिंह मात्र जिवित छन् । घाइते भएका उनको उपचार भइरहेको समाचारमा जनाइएको छ । यो दुर्घटनामा उनी मात्र बाँचेका हुन् ।
द्रपुर कोतवाली क्षेत्रको कान्होली गाउँका ४० वर्षीय वरुण सिंह वायुसेनामा ग्रुप क्याप्टेन हुन् । हाल उनी वेलिंगटन, तमिलनाडुमा कार्यरत छन् । उनकी श्रीमती, एक छोरा र छोरी छन् ।
उनी रुद्रपुर कांग्रेसका पूर्व विधायक तथा प्रवक्ता अखिलेश सिंहका भतिज हुन् । एजेन्सी
सम्बन्धित










प्रधानमन्त्री सँग जाँचबुझ आयोगका प्रतिनिधिको भेट,अर्को साता ओली र लेखकसँग बयान लिने
देशको विकास श्रम संस्कृतिमा निर्भर हुनुपर्छ : अध्यक्ष साम्पाङ
नेपाली कांग्रेसले आगामी निर्वाचनमा भाग लिन्छ : नेता कोइराला
एमाले महाधिवशेन : मतदान जारी, भोट हाल्न एकै व्यक्तिलाई २ घण्टासम्म समय
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै
लेखराज भट्टले भने– फेरि सचिवमा लड्दिनँ
प्रतिक्रिया