सकेसम्म सहमति नभए प्रतिस्पर्धाबाट कांग्रेसले नयाँ नेतृत्व चयन गर्छ : देउवा

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको भोलिदेखि शुरु हुन लागेको महाधिवेशनले सकेसम्म सर्वसम्मत नेतृत्व चयन गर्ने वताएका छन् । आफु निकटका नेता डा प्रकासशरण महतद्दारा लिखित पुस्तकको विहिवार काठमाडौंमा विमोचन गदै देउवाले सकेसम्म सहमतिमै नभएपनि लोकतानित्रक प्रक्रियावाट प्रतिस्पर्धाको बाटोबाट कांग्ेसले नेतृत्व चुन्ने बताए ।
उनले प्रतिस्पर्धाबाट नेतृत्व चयन गर्ने अवस्था आएपनि त्यसलाई एक अर्काको विरुद्धको कटुटा र असहिष्णु तवरले कुैले पनि चुनावी परिणामपछि नलिने विश्वास पनि ब्यक्त गरे ।
‘हामी भरसक सहमतिको आधारमा अगाडि जान्छौं । केही लागेन भने प्रजातान्त्रिक तरिकाले लोकतान्त्रिक प्रतिस्पर्धा गछौं । प्रतिस्पर्धामा जितहार हुन्छ । हार्नेले जित्नेलाई सहयोग गर्ने, जित्नेले हार्नेको सहयोग लिने । यो सामान्य प्रक्रियालाई लिएर कुनै पनि प्रकारको कटुता, मनोमालिन्य, असहिष्णुता हामीमा हुनुहुदैन र हुन्नपनि,’ देउवाले महाधिवेशनकै मुखमा भने ।
उनले कांग्रेसको महाधिवेशनले देशभरका नेता कार्यकर्तामा उत्साह, एकता र रुपान्तरण पैदा गर्ने र पार्टीका नारा पनि महाधिवेशनमा सोही आधारमा तय गरिएको बताए । महाधिवेशनपछि देशभरका कार्यकर्ता एकतावद्ध भएर आउने चुनावमा कांग्रेसलाई वहुमत प्राप्त पार्टी बनाउने अभियानमा लाग्ने पनि जिकिर गरे ।
देशभरवाट महाधिवेशनमा भाग लिनका लागि नेता कार्यकर्ता काठमाडौं आउन थालेको भन्दै देउवाले काठमाडौंबाट नेता कार्यकर्ता महाधिवेशन सकेर फर्किदा नयाँ उत्साह र एकताका साथ फर्किने र त्यसले पार्टीलाई नयाँ रक्तसञ्चार गराउने पनि बताए ।
‘देशभरका नेता कार्यकर्ता अहिले महाधिवेशन सफल बनाउन काठमाडौं एउटा उत्साह बोकेर आईरहनुभएको छ,’ प्रधानमन्त्री समेत रहेका देउवाले भने,–‘महाधिवेशन सकेपछि देशभर यसले एउटा उत्साह ल्याउनेछ । महाधिवेशन सफल भएर फर्किदा सवैले कांग्रेसलाई अझ वलियो, अझ एकतावद्द देख्न पाउनुहुनेछ । त्यो एकतावद्द र वलियो कांग्रेसले आउने चुनावमा पार्टीलाई वुहमतसिद्द बनाउनेछ ।’
कार्यक्रममा प्रधानमन्त्री देउवाले कांग्रेस सहमहामन्त्री डा प्रकाश शरण महतले लेखेको ‘नेपाली कांग्रेस र नेशन बिल्डिङ’ नामक पुस्तक विमोचन गरेका थिए ।

















आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
गोरखाका सामुदायिक विद्यालयहरु भोलिबाट खुल्ने
बीपी राजमार्ग आज बिहानदेखि अवरुद्ध
३३ अंकले घट्यो सेयर बजार
रास्वपाकाे मुख्य सचेतकमा कविन्द्र बुर्लाकोटी, सचेतकमा प्रकाशचन्द्र र क्रान्तिशिखा
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब
प्रतिक्रिया