सकेसम्म सहमति नभए प्रतिस्पर्धाबाट कांग्रेसले नयाँ नेतृत्व चयन गर्छ : देउवा

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको भोलिदेखि शुरु हुन लागेको महाधिवेशनले सकेसम्म सर्वसम्मत नेतृत्व चयन गर्ने वताएका छन् । आफु निकटका नेता डा प्रकासशरण महतद्दारा लिखित पुस्तकको विहिवार काठमाडौंमा विमोचन गदै देउवाले सकेसम्म सहमतिमै नभएपनि लोकतानित्रक प्रक्रियावाट प्रतिस्पर्धाको बाटोबाट कांग्ेसले नेतृत्व चुन्ने बताए ।
उनले प्रतिस्पर्धाबाट नेतृत्व चयन गर्ने अवस्था आएपनि त्यसलाई एक अर्काको विरुद्धको कटुटा र असहिष्णु तवरले कुैले पनि चुनावी परिणामपछि नलिने विश्वास पनि ब्यक्त गरे ।
‘हामी भरसक सहमतिको आधारमा अगाडि जान्छौं । केही लागेन भने प्रजातान्त्रिक तरिकाले लोकतान्त्रिक प्रतिस्पर्धा गछौं । प्रतिस्पर्धामा जितहार हुन्छ । हार्नेले जित्नेलाई सहयोग गर्ने, जित्नेले हार्नेको सहयोग लिने । यो सामान्य प्रक्रियालाई लिएर कुनै पनि प्रकारको कटुता, मनोमालिन्य, असहिष्णुता हामीमा हुनुहुदैन र हुन्नपनि,’ देउवाले महाधिवेशनकै मुखमा भने ।
उनले कांग्रेसको महाधिवेशनले देशभरका नेता कार्यकर्तामा उत्साह, एकता र रुपान्तरण पैदा गर्ने र पार्टीका नारा पनि महाधिवेशनमा सोही आधारमा तय गरिएको बताए । महाधिवेशनपछि देशभरका कार्यकर्ता एकतावद्ध भएर आउने चुनावमा कांग्रेसलाई वहुमत प्राप्त पार्टी बनाउने अभियानमा लाग्ने पनि जिकिर गरे ।
देशभरवाट महाधिवेशनमा भाग लिनका लागि नेता कार्यकर्ता काठमाडौं आउन थालेको भन्दै देउवाले काठमाडौंबाट नेता कार्यकर्ता महाधिवेशन सकेर फर्किदा नयाँ उत्साह र एकताका साथ फर्किने र त्यसले पार्टीलाई नयाँ रक्तसञ्चार गराउने पनि बताए ।
‘देशभरका नेता कार्यकर्ता अहिले महाधिवेशन सफल बनाउन काठमाडौं एउटा उत्साह बोकेर आईरहनुभएको छ,’ प्रधानमन्त्री समेत रहेका देउवाले भने,–‘महाधिवेशन सकेपछि देशभर यसले एउटा उत्साह ल्याउनेछ । महाधिवेशन सफल भएर फर्किदा सवैले कांग्रेसलाई अझ वलियो, अझ एकतावद्द देख्न पाउनुहुनेछ । त्यो एकतावद्द र वलियो कांग्रेसले आउने चुनावमा पार्टीलाई वुहमतसिद्द बनाउनेछ ।’
कार्यक्रममा प्रधानमन्त्री देउवाले कांग्रेस सहमहामन्त्री डा प्रकाश शरण महतले लेखेको ‘नेपाली कांग्रेस र नेशन बिल्डिङ’ नामक पुस्तक विमोचन गरेका थिए ।










एपीएफलाई पराजित गर्दै इस्ट बंगाल बन्यो साफ महिला क्लब च्याम्पियन
नवलपरासी-१ बाट उम्मेदवारमा विनोद चौधरीको एकल सिफारिस
पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई १७ वर्षको जेल सजाय
काम गर्ने कम्पनीलाई समयमै भुक्तानी दिइने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता
मुस्ताङकाे सीमामा नेपाल–चीन संयुक्त सुरक्षा गस्ती
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
प्रतिक्रिया