आइतबार, पुष ६, २०८२

रामचन्द्र-शेखर भेटवार्ता

प्रकाशमानले छाडे म तपाईंलाई छाडिदिन्छु : शेखर

मेरोन्यूज २०७८ मंसिर २३ गते ११:५६

काठमाडौँ । कांग्रेसको महाधिवेशन मुख्खैमा आउँदा समेत सस्थापनइतर समुहले साझा सभापतिका उम्मेदवार छान्न नसकेपछि नेताहरुको दौडधुप तिव्र छ । दुई दिन यता सस्थापन इतर समुहका नेताहरुले आफ्नो समुहबाट साझा उम्मेदवार बनाउने गरी खोजी जारी राखेपनि सभापतिका आकाक्षी नेताहरुकै वीचमा सहमति नजुटदा पछिल्ला वैठकहरु एकले अर्कोका अभिब्यक्तिलाई लिएर भावुक हुने र कांग्रेस नै छोड्नेसम्मका धारणा साजर्वजनिक हुन थालेका छन् ।

त्यही क्रममा विहिवार विहानै सभापतिका दुई आकांक्षी नेता रामचन्द्र पौडेल र शेखर कोइरालाका वीचमा पौडेल निवास वोहोराटारमा भेटवार्ता भएको छ । कांग्रेसमा पौडेलले सभापतिका आकांक्षी नेताहरुलाई दुई ओटा विकल्प दिँदै आएका थिए । पहिलो, सकभर सवैले आफुलाई स्वीकार गरेर एकपटक सभापतिको उम्मेदवारी छोड्नस । दोस्रो त्यसो हुँदैन भने शेखर र प्रकाशमान सिंह मिलेर सहमतिमा उम्मेदवार बनेर आउनुस् ।

पौडेलको यही प्रस्तावमा सभापतिका अर्का आकांक्षी रहेका डा शसांक कोइरालाको पनि सहमति थियो । तर वुधबार वेलुकीसम्म पनि न शेखरले दावी छोडे, न प्रकाशमान सिंहले । त्यसपछि भने निक्कै भावुक हुँदै आफु सहमति नेताहरुले नगर्ने हो भने कांग्रेस छोडने , महाधिवेशनमा पनि नआउने सम्मका अभिब्यक्ति दिएका थिए । त्यसपछि विहिवार विहान केन्द्रीय सदस्यहरुको पनि धारणा र सुझाव सुन्ने भन्दै नेताहरु विना निश्कर्ष उठेका थिए ।

त्यसपछि भने विहानै शेखर रामचन्द्र पौडेललाई भेटन वोहोराटार पुगेका थिए । वोहोराटारमा पुगेर शेखरले प्रकाशमान सिंहले छोडे आफु रामचन्द्रलाई सहयोग गर्न तयार रहेको बताएका थिए । ‘प्रकाशमान सिंहले छाडे म तपाईंलाई छाड्दिन्छु, उहाँले छाड्नु भएन मलाई सहयोग गर्नुहोस्,’ पौडेलसमक्ष शेखरले प्रस्ताव गरेका थिए ।

प्रतिक्रिया