‘पार्टी र सरकारमा महिला सहभागिता राम्रो हुँदै गएको छ’
काठमाडौँ । सरकारका दुई महिला मन्त्रीले अहिले पार्टी र सरकारमा महिला सहभागिता राम्रो हुँदै गएको बताएका छन् । महिला सुरक्षा दबाब समूहले आज महिला मन्त्रीहरुलाई सम्मान गर्न आयोजना गरेको कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठ र शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले अझै पनि समावेशी सहभागिताका लागि धेरै गर्न बाँकी रहेको बताए ।
मन्त्री श्रेष्ठले पार्टीभित्र आन्तरिक संघर्षबाट नेकपा माओवादी (केन्द्र)को विधानमा केन्द्रीय कमिटिमा ३७ प्रतिशत सुनिश्चित गरिएको बताइन् । पदाधिकारीमा पनि महिला सहभागिता सुनिश्चित गर्न आवाज उठाइरहेको उनले बताइन् । मन्त्रीपरिषद्मा रहेका सबै महिला मन्त्री महिला अधिकारका लागि आवाज उठाउन लागिपरेको उनको भनाइ छ । उनले भनिन्, “अधिकार पाउनका लागि हामी सबैले आआफ्नो पार्टीमा संघर्ष गर्नुपर्छ ।”
आफ्नो पार्टीले विगतमा भन्दा सरकार र संसदीय समितिमा महिला नेतृत्वलाई जिम्मेवारी दिन थालेको मन्त्री श्रेष्ठले बताइन् । अहिले सरकारमा महिला सहभागीता बढ्नु आन्दोलनको बलले भएको उनको भनाइ छ । आफू समूहको स्थापना कालदेखि नै जोडिएपनि पहिले अभियानका रुपमा रहेकामा यसलाई संस्थाका रुपमा दर्ता गर्दा आफू सहमत नभएको उनले बताइन् ।
मन्त्री झाँक्रीले प्रविधिको विकाससँगै महिला सुरक्षामा नयाँनयाँ जोखिम बढीरहेकाले यो विषय महत्वपूर्ण भएको बताइन् । इन्टरनेटको प्रयोग गरेर हुने हिंसा समाजमा चुनौतीका रुपमा देखा परेको उनको भनाइ छ । सन्तानलाई सानैदेखि नै समान रुपमा हुर्काउनुपर्नेमा उनको जोड छ । उनले भनिन्, “छोरीलाई हिंसा सहनु हुँदैन भनेर र छोरालाई हिंसा गर्नु हुँदैन भनेर हुर्काउनुपर्छ ।”
















इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
नेपाली दूतावासको आयोजनामा पाकिस्तानमा मनाइयो बुद्ध जयन्ती
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
सुनचाँदीको मूल्यमा केही गिरावट
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
हर्क साम्पाङले मागे बालेनको राजिनामा
त्रिविका उपकुलपति, शिक्षाध्यक्ष र रजिस्ट्रारले राजीनामा दिँदै
प्रतिक्रिया