पुस ४ गतेदेखि ५७ जिल्लाका बालबालिकालाई विद्यालयमै कोरोनाविरुद्धको खोप दिइने
यी १९ जिल्लाका बालबालिकाले भने लगाउन नपाउने

काठमाडौँ । सरकारले १२ देखि १७ बर्ष उमेर समूहका बालबालिकालाई विधालयमै कोरोना विरुद्धको खोप लगाउने भएको छ । आगामी पुस ४ गतेदेखि १४ गतेसम्म १० दिन करिब १८ लाख बालबालिकालाई विद्यालयमै कोरोना भाइरसविरुद्धको खोप दिने निर्णय सरकारले गरेको छ ।
यस्ता बालबालिकालाई मोडर्ना खोप दिइन लागेको स्वास्थ्य सेवा विभाग ले जनाएको छ ।
यो ५७ जिल्लाका बालबालिकालाइृ लक्षित गरेर विधालयमै दिइन लागिएको हो । उनीहरुलाइृ पहिलो चरणको खोपका रुपमा यो खोप दिइन लागेको स्वास्थ्य सेवा विभागले जनाएको छ ।
त्यसैगरी दोस्रो चरणको खोप माघ २ देखि १२ भित्र दिने तयारी पनि विभागले गरेको छ । जिल्ला शिक्षा कार्यालय र विद्यालयहरुसँग समन्वय गरेर कुन विद्यालयमा कति जना विद्यार्थीहरु छन् भनेर तथ्यांक संकलन गर्ने काम भईरहेको र त्यही आधारमा पायक पर्ने विधालयमै खोप केन्द्र राखेर विधार्थीहरुलाई खोप दिने निर्णय विभागले गरेको हो ।
यसअघि फाइजर खोप सञ्चालन भइसकेका १९ जिल्लामा भने यो खोप दिइने छैन । यसअघि फाइजर खोप काठमाडौं, ललितपुर, भक्तपुर, मोरङ, सुनसरी, सप्तरी, पर्सा, झापा, धनुषा, चितवन, काभ्रे, कास्की बागलुङ, रुपन्देही, दाङ, बाँके, कैलाली, सुर्खेत र डडेलधुरामा दिईएको थियो ।
यसअघि, सरकारले १२ देखि १८ वर्ष उमेर समूहका दीर्घरोगी बालबालिकालाई फाइजर खोप दिइसकेको छ ।
















मध्यपूर्व युद्धका कारण करिब एकहजार ५०० पानीजहाज अलपत्र
मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
ट्रकको ठक्करबाट प्रहरी सहायक हवल्दारको मृत्यु
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया