कांग्रेस-एमालेमा कसको महाधिवेशनको मञ्च आकर्षक ?
मञ्च ब्यवस्थापनमा कांग्रेसको ४० लाख र एमालेको ७० लाख खर्च

काठमाडौं । नेपालका प्रमुख दुई दल नेपाली कांग्रेस र एमालेलाई यसै महिना महाधिवेशनले धपक्कै छोयो । एमालेले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको गृहजिल्ला चितवनमा महाधिवेशन सम्पन्न गरेर फर्किसकेको छ । सत्ताको नेतृत्व गरिरहेको कांग्रेसको भने आजदेखि काठमाडौंमा महाधिवेशन शुरु गदैछ ।
पछिल्ला दिनमा प्रमुख राजनीतिक दलका महाधिवेशनका मञ्च, महाधिवेशनमा निम्ताइने अतिथि, मञ्चमा प्रयोग गरिएका प्रविधि र मञ्च ब्यवस्थापनका अन्य कतिपय ब्यवस्थापनका कारण चर्चामा हुने गरेका छन् । एमालेले आफ्नै पार्टीका केन्द्रीय सदस्य समेत रहेका मजदुर नेता बिनोद श्रेष्ठको संयोजनमा पाचौं महाधिवेशन यताका हरेक महाधिवेशनमा मञ्च ब्यवस्थापन गदै आएको छ । करिव ७० लाख रुपैयाँ खर्च गरेर एमालेले चितवनको नारायणी नदी किनारमा आकर्षक मञ्च निर्माण गरेको थियो ।
यता काग्रेसले भने ४० लाख रुपैयाँ खर्च गरेर रोशन आर्ट सर्भिस, शंखमूललाई मञ्च बनाउने ठेक्का दिएको थियो ।
एमालेले महाधिवेशनको प्रचार लोगो र झन्डा सार्बजनिक गरेको गैडाको मस्कट मञ्चको छेउमा राखेको थियो । महाधिवेशन लाई थप आकर्षक बनाउन चितवनको पहिचान झल्कने एमालेको झन्डा समाएको गैडाको मस्कट उसले मञ्चको छेउमै राखेको थियो । मञ्च रातो कपडाले सजाएको थियो । तर कांग्रेसको मञ्चमा भने रातो र हरियो रंगका कपडा प्रयोग गरिएको छ। नेपाली कांग्रेसको झन्डा रातो र चुनाव चिह्न रूख भएकाले त्यसैको रंग संयोजन गरेर मञ्च तयार पारिएको छ ।
यस्तो छ कांग्रेस महाधिवेशनको मञ्च



यस्तो थियो एमाले महाधिवेशनको मञ्च


















इजरायलका लागि जासुसी गरेको आरोपमा इरानद्वारा दुई जनालाई मृत्युदण्ड
धोबी खोला करिडोरका पक्की घर भत्काउन थालियो
पाकिस्तानमा महँगीको असर गहिरिँदै, अप्रिलमा मुद्रास्फीति उच्च
सडक सुरक्षा प्रणाली सुधार्ने सरकारको प्रतिबद्धता
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
ओमानसँग नेपाल १०२ रनले पराजित
आशिष निर्माण सेवाका सञ्चालक गौली पक्राउ
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
सुनचाँदीको मूल्यमा केही गिरावट
प्रतिक्रिया