आज तपाईंको दिन कस्तो ? हेर्नुहोस् राशीफल

आज २०७८ साल मंसिर महिनाको २४ गते शुक्रबार, मंसिर शुक्लपक्षको सप्तमी तिथि । आज अन्तर्राष्ट्रिय मानवअधिकार दिवस रहेको छ ।
मेष
शारीरिक थकान तथा रगतसम्बन्धी समस्याबारेमा सतर्क रहनु होला । भविष्य प्रतिको चिन्ताले अति नै सताउने छ । पेशागत जीवन औसत रहे पनि स्वास्थ्यसम्बन्धी समस्याले धेरै गति भने लिन सक्ने छैन् । घर जग्गाको कारोवार, होटल, रेष्टुरेण्ट, डान्स बार, सजावटका सााग्रीहरुको कारोवार, व्युटिपार्लर आदी जस्ता पेशा ब्यवसायमा संलग्नहरुलाई फाइदा मिल्ने छ ।
वृष
आम्दानीमा गिरावट हुने छ । भोज भतेरमा सहभागि हुन पाइने छ । तर स्वास्थ्यसम्बन्धी समस्याले भने च्याप्ने छ । पेशागत जीवनमा धेरै जोखिम भन्दा निरन्तरताबारे ध्यान दिनु होला । भाग्यहिनताका कारण सफलताहरु कठिन बन्ने छन् । न्याय क्षेत्र, लेखन, उच्च ब्यवस्थापक, वाणिज्य, पत्रकारिता, सञ्चार जगत, स्टेशनरी जस्ता पेशा ब्यवसायमा संलग्नहरुलाई समय प्रतिकुल छ ।
मिथुन
घर परिवारमा पनि हाँसो ठट्टामय वातावरण बन्ने छ । रसिक व्यक्तित्व बन्ने छ । परिवारको साथले गर्दा कर्मशिलता बढ्ने छ । पेशागत सकारात्मक बन्ने छ । आम्दानीमा पनि बृद्धि हुने छ । अस्पतालका सामानको आपूर्ति, औषधिको कारोवार, वाणिज्य, पत्रकारिता, ब्यवस्थापन, आदी जस्ता क्षेत्रमा संलग्नहरुलाई सकारात्मक रहने छ ।
कर्कट
मिठा मिठा खानेकुरा बनाएर साथिभाइहरुलाई खुवाउन मन लाग्ने छ ।खानाका परिकारहरुमा मन जाने छ । कमाईमा बृद्धि हुने छ भने खर्च पनि निकै बढ्न जाने छ । भाग्य बलियो रहेका कारण आँटेका कुराहरु पुरा हुने छन् । पेशात जीवन पनि सहज बन्ने छ ।
सिंह
साथिभाइहरुकै बीचमा पनि कटुता र द्वन्द चर्किन जाने छ । मदिराजन्य पदार्थको पियाईबाट झैझगडाको अवस्था आउने छ । मानसिक रुपमा कमजोर अवस्थाको सामना गर्नु पर्न छ । पेशागत जीवनमा कठिनाईहरुको सामना गर्नु पर्ने छ । शिक्षा क्षेत्र, लेखन, अध्ययन अध्यापन, प्रेस, होटल, रेष्टुरेण्ट, आदीमा संलग्नहरु समय कठिन देखिन्छ ।
कन्या
निडर स्वाभावको रुप देखा पर्ने छ । मनोबलमा बृद्धि हुँदा रिस कडा हुन जाने छ । ख्याल ठट्टा गर्न नजान्ने कडा मिजासको स्वाभाव हुन जाने छ । जसले गर्द अरुसँग अन्तरघुलन हुन कठिन हुने छ । दाम्पत्य जीवन सहज रहने छ । पेशागत जीवन औसत खालको हुने छ । जोखिमपूर्ण क्षेत्रमा रहेकाहरुलाई लाभ मिल्ने छ ।
तुला
आफुले गरेको सानो ख्याल ठट्टाको अवस्थालाई अरुले गम्भीर रुपमा लिइ दिँदा सम्बन्धहरुमा खरावपना आउने छ । सहज रुपमा गरिएको हाँसिमजाक महङ्गो पर्न जाने छ । पेशागत जीवन भने शुभ रहने छ भने आम्दानीमा पनि बृद्धि हुने छ । परिवारमा झैभगडाको अवस्था आउने भएकाले सतर्क रहनु होला । सार्वजनिक सवारीसाधन, ढुवानीका सवारीसाधन, औषधी ब्यापार, मेडिकल पसल, ठेक्कापट्टा, छालाजन्य वस्तुको कारोवार, भैंसीपालनमा लागेकाहरुलाई लाभ हुने छ ।
वृश्चिक
बोलेको कुरा अरुले पत्याउने छन् । जसले गर्दा झुट बोलौँ बोलौँ लाग्ने छ । पेशागत जीवन अनुकुल बन्ने छ । आम्दानी औसत खालको रहने छ । भाग्यको साथ भएका कारण अरुको विश्वास जित्न सकिने छ । शिक्षा क्षेत्र, बोडिङ्ग स्कूल, कलेज तथा विश्वविद्यालय, अध्ययन अध्यापन, परामर्श जस्ता क्षेत्रमा सक्रियहरुलाई फाईदा मिल्ने छ ।
धनु
वैराग्यताले सताउने छ । जसले गर्दा आशावादी भन्दा निराशावादी व्यक्तित्व बन्ने छ । लक्ष्य र सपना ढिला गरि पुरा हुन जाने छन् । जीवनसाथिको दरिलो साथले निकै मद्धत मिल्ने छ । परिवारमा सुमधुर वातावरण हुने छ । भाग्यहिनताका कारण जे बोले पनि अपजस आउने छ । पेशागत जीवनमा धेरै जोखिम नलिनु होला ।
मकर
गीत संगीतमा मन जाने छ । रसिलो बोलीले गर्दा विपतिर लिङ्गीहरु तुरुन्त आकर्षित हुन पुग्ने छन् । तर यौनका विषयमा सचेत रहनु पर्ने देखिन्छ । आम्दानीमा बृद्धि भए पनि लुगा कपडा जस्ता किनमेलमा निकै खर्च हुने छ । परिवारमा मधुर वातावरण रहने छ । पेशागत जीवन मध्यम खालको रहने छ । सृजनशिल क्षेत्रमा सक्रियहरुलाई लाभ मिल्ने छ ।
कुम्भ
सृजनशिल बन्न खोजे पनि बढि कल्पनात्मक स्वाभाव हुने हुँदा उडन्ते कुराले मनमा बढि स्थान लिने छ । उदासिनताले सताई रहने छ । परिवारमा तनावको अवस्था रहने छ । दाम्पत्य जीवनमा पनि झैझगडा हुने भएकाले विचार पुर्याउनु होला । नेतृत्व, ब्यवस्थापक, स्टेसनरी, कलेज, बोडिङ्ग स्कुल, शैक्षिक संस्था जस्ता क्षेत्रमा आवद्धहरुलाई चुनौति देखिन्छ । आम्दानीमा पनि गिरावट आउने हुँदा दबाब सृजना हुने छ ।
मीन
पैसाप्रति असाध्यै धेरै आशक्ति पैदा हुने छ । जसले गर्दा अरुले स्वार्थि व्यक्तित्वका रुपमा बुझ्ने छन् । पेशागत जीवनबाट आर्थिक लाभ हुने भए तापनि साथिभाइको विश्वास भने गुम्न पुग्ने छ । ब्यापार विजनेशमा रहेकाहरुलाई फाइदा मिल्ने छ । बोलीमा रुखोपन हुने हुँदा सचेत रहनु होला । प्रकाशन, पत्रकारिता, स्टेशनरी, वाणिज्य ब्यापार जस्ता क्षेत्रमा सक्रियहरुलाई फाइदा मिल्ने छ ।
(ज्यो. गुरु दिवाकर पन्त– ज्योतिषी, वास्तुविद्, रत्नविद् एवं हस्तरेखाविद् हुन् सम्पर्क– ९८१३६३७२३८)

















अटो दुर्घटना हुँदा चार जनाको मृत्यु, एक घाइते
इरानकाे आक्रमणमा ज्यान गुमाएका श्रेष्ठको शव नेपाल ल्याइयो
रुपन्देही–५ मा रास्वपाका खान विजयी
दैलेख–२ मा एमालेका पोखरेल विजयी
श्रीलङ्काको समुद्री तट नजिक इरानी युद्धपोत डुब्यो, झण्डै १५० जना बेपत्ता
गगन उम्मेदवार रहेकाे सर्लाही-४ स्थित एक मतदान केन्द्रमा विवाद : मतदान रोकियो
एकै दिन देशका १४ ठाउँमा भेटियो शंकास्पद वस्तु
भाेट हाल्न जाँदै हुनुहुन्छ ?, यस्ताे छ आजकाे माैसम
दुर्गमका मतपेटिका हेलिकप्टरबाट संकलन गरिँदै
प्रतिक्रिया