आइतबार, पुष ६, २०८२

कोषाध्यक्ष यादवले कुनै पनि पदमा उम्मेदवारी नदिने

मेरोन्यूज २०७८ मंसिर २४ गते ११:३२

काठमाडौं । नेपाली कांग्रेसकी कोषाध्यक्ष सीतादेवी यादवले पार्टीको १४ औं महाधिवेशनमा कुनै पनि पदमा उम्मेदवारी नदिने घोषणा गरेकी छिन् । पदाधिकारीमा उम्मेदवारी दिने इच्छा रहेपनि नेताहरुबीच हानथाप देखिएकाले आफू पछाडि हटेको उनले बताइन् । । उनले सहमतिमार्फत नेतृत्व चयन हुनुपर्ने पक्षमा रहेको बताइन् ।

सिरहाकी यादवले १३ औं महाधिवेशनमा कोषाध्यक्षमा चुनाव जितेकी थिइन् । उनले आफै उम्मेदवारी नदिएपनि छोरा डा सुवास यादवलाई केन्द्रीय सदस्यका रुपमा अघि सारेकी छन् ।

प्रतिक्रिया