हर्ष बर्धनले भने- यतिधेरै पूर्व प्रधानमन्त्री एकै मञ्चमा पहिलो पटक देखेँ

काठमाडौँ । भारतीय जनता पार्टीका नेता हर्ष बर्धनले एकै मञ्चमा यतिधेरै पूर्व प्रधानमन्त्री बसेको पहिलो पटक देखेको बताएका छन् । नेपाली कांग्रेसको १४ औं महाधिवेशनलाई सम्बोधन गर्दै उनले यतिधेरै पुर्व प्रधानमन्त्री एकै साथ मञ्चमा बसेको भारतमा पनि नदेखेको बताए ।
भारतका पूर्व स्वास्थ्य मन्त्री समेत रहेको उनले भने, ‘यति धेरै पूर्व प्रधानमन्त्री एकै साथ बसेको देखेको छैन । मेरो राजनीति जिवनमा पार्टीको यस्तो महाधिवेशन कहीँ देखेको छैन ।’ कांग्रेसको महाधिवेनमा पाँचपटक प्रधानमन्त्री बनेका सभापतित्व गरेका शेरबहादुर देउवाको आतिथ्यमा तीनपटक प्रधानमन्त्री बनेका केपी ओली, दुई पटक प्रधानमन्त्री बनेका प्रचण्ड, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल सहभागी छन्।
उनले नेपाललाई सहयोग गर्नमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी कहीले पनि पछाडि नपरेको बताए । कांग्रेसको महाधिवेशनलाई शुभकामना दिन उनी काठमाडौँ आएका हुन् ।
















विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापाले सम्बोधन गर्ने
सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
सामसङले सार्वजनिक गर्यो ग्यालेक्सी ए५७ र ग्यालेक्सी ए३७ फाइभजी, मूल्य कति ?
प्रतिक्रिया