कांग्रेस महाधिवेशनमा प्रचण्डले भने– एक्लै हिड्ने अहंकर कसैले नगरौं

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक्लै हिड्ने अहंकार कसैले गर्न नहुने बताएका छन् ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा शुक्रबार शुभकामना मन्तब्य राख्दै प्रचण्डले एक्लै हिड्ने अहंकार गर्न खोज्दा त्यसको यात्रा ओरालो लागेको स्मरण गराए ।
अहिलेसम्मका सफलता सबै एकताबाट नै सम्भव भएको भन्दै उनले आगामी चुनावसम्म नै एकताबाट अघि बढ्ने संकेत गरे ।
प्रचण्डले सोही मञ्चमा उपस्थित राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनलाई संकेत गर्दै तानाशाहीको संज्ञा दिए । लिङदेनले नेता आउँदा जनताले चोर आए भन्ने गरेको टिप्पणीको प्रतिवाद गर्दै प्रचण्डले नेताहरुको बदनाम गर्न खोजिएको बताए ।
‘नेताहरु आए भन्दा चोर आए भन्छन् त ?’– प्रचण्डले कांग्रेस कार्यकर्ताहरुलाई प्रश्न गरे । मासबाट मिश्रित प्रतिक्रिया आएपछि प्रचण्ड आफैले भने– भन्दैनन् ।
प्रचण्डले सबै राजनीतिक दलहरुले सत्ता बाहिर हुँदा जनतालाई दिने गरेको प्रतिवद्धता सत्तामा पुगेपछि भुल्ने गरेको बताए ।
उनले ठूलो पार्टी भएर सत्तामा पुगेपछि अहम्ता हुने गरेको तितो अनुभव आफूले पनि गरेको स्मरण गरे ।
शान्ति लोकतन्त्र र गणतन्त्रका निम्ति प्रतिवद्ध रहेको भन्दै प्रचण्डले नेपालमा शान्ति वार्ता गर्ने श्रेय शेरबहादुर देउवालाई जाने समेत उल्लेख गरे । प्रचण्डले देउवाले आफूलाई शान्ति वार्ताको लागि पहिलो चिठी लेखेको स्मरण गरेका थिए ।
उनले शान्ति सम्झौतामा मात्र नभई देशलाई अग्रगति दिने सम्दर्भमा पनि कांग्रेससँग आफ्नो विशिष्ट सम्बन्ध रहेको प्रचण्डले उल्लेख गरे ।










वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाउने निर्णय खारेज
३८ हजार सहकारी पीडितले बचत फिर्ता पाउने
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
समानुपातिकतर्फ पछिल्लो जनगणनाअनुसार समावेशी समूहको प्रतिशत निर्धारण हुने
सेयर कारोबारी दीपेन्द्र अग्रवाल फेरि पक्राउ
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
प्रतिक्रिया