कांग्रेस महाधिवेशनमा प्रचण्डले भने– एक्लै हिड्ने अहंकर कसैले नगरौं

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक्लै हिड्ने अहंकार कसैले गर्न नहुने बताएका छन् ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा शुक्रबार शुभकामना मन्तब्य राख्दै प्रचण्डले एक्लै हिड्ने अहंकार गर्न खोज्दा त्यसको यात्रा ओरालो लागेको स्मरण गराए ।
अहिलेसम्मका सफलता सबै एकताबाट नै सम्भव भएको भन्दै उनले आगामी चुनावसम्म नै एकताबाट अघि बढ्ने संकेत गरे ।
प्रचण्डले सोही मञ्चमा उपस्थित राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनलाई संकेत गर्दै तानाशाहीको संज्ञा दिए । लिङदेनले नेता आउँदा जनताले चोर आए भन्ने गरेको टिप्पणीको प्रतिवाद गर्दै प्रचण्डले नेताहरुको बदनाम गर्न खोजिएको बताए ।
‘नेताहरु आए भन्दा चोर आए भन्छन् त ?’– प्रचण्डले कांग्रेस कार्यकर्ताहरुलाई प्रश्न गरे । मासबाट मिश्रित प्रतिक्रिया आएपछि प्रचण्ड आफैले भने– भन्दैनन् ।
प्रचण्डले सबै राजनीतिक दलहरुले सत्ता बाहिर हुँदा जनतालाई दिने गरेको प्रतिवद्धता सत्तामा पुगेपछि भुल्ने गरेको बताए ।
उनले ठूलो पार्टी भएर सत्तामा पुगेपछि अहम्ता हुने गरेको तितो अनुभव आफूले पनि गरेको स्मरण गरे ।
शान्ति लोकतन्त्र र गणतन्त्रका निम्ति प्रतिवद्ध रहेको भन्दै प्रचण्डले नेपालमा शान्ति वार्ता गर्ने श्रेय शेरबहादुर देउवालाई जाने समेत उल्लेख गरे । प्रचण्डले देउवाले आफूलाई शान्ति वार्ताको लागि पहिलो चिठी लेखेको स्मरण गरेका थिए ।
उनले शान्ति सम्झौतामा मात्र नभई देशलाई अग्रगति दिने सम्दर्भमा पनि कांग्रेससँग आफ्नो विशिष्ट सम्बन्ध रहेको प्रचण्डले उल्लेख गरे ।
















विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापाले सम्बोधन गर्ने
सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
सामसङले सार्वजनिक गर्यो ग्यालेक्सी ए५७ र ग्यालेक्सी ए३७ फाइभजी, मूल्य कति ?
प्रतिक्रिया