कांग्रेस महाधिवेशन : आज नेतृत्वका लागि उम्मेदवारी दर्ता हुने
मेरोन्यूज
२०७८ मंसिर २५ गते ६:५८

काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसको जारी १४ औँ महाधिवेशनमा आज नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता हुने भएको छ । १६७ सदस्यीय केन्द्रीय कार्य समितिमध्ये १३ पदाधिकारी र १२१ जना केन्द्रीय सदस्यका लागि आज निर्वाचन हुने भएको हो ।
शुक्रबार उद्घाटन भएको महाधिवेशनमा उद्घाटनसत्र र बन्दसत्र सम्पन्न भएको छ । आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्म राष्ट्रिय सभागृहमा सभापतिदेखि केन्द्रीय सदस्यसम्मको उम्मेदवारी मनोनयन दर्ता हुने कार्य तालिका रहेको छ ।
आइतबार अन्तिम नामावली प्रकाशित भएसँगै २७ गते बिहान ८ बजेदेखि मतदान सुरु हुने भएको छ । पदाधिकारीसहित १६७ सदस्यीय केन्द्रीय कार्य समितिमध्ये महाधिवेशनले १३४ जनालाई निर्वाचित गर्ने छ । बाँकी ३३ जना मनोनीत हुने छन् ।
सम्बन्धित
















म्याग्दीको जलजलामा आन्तरिक पर्यटकको चहलपहल
सुनचाँदीको मूल्यमा सामान्य गिरावट
युद्धविराम लम्बिँदा तनाव यथावत्
विश्व मातृ पृथ्वी दिवसः दिगो भविष्यका लागि सामूहिक प्रयासको आह्वान
आइसिसी विश्वकप लिग–२ : नेपाल र ओमान बीचको खेल सुरु
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
सामसङले सार्वजनिक गर्यो ग्यालेक्सी ए५७ र ग्यालेक्सी ए३७ फाइभजी, मूल्य कति ?
ट्रम्पले भने – इरानसँग वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल सोमबार पाकिस्तान जाँदैछ
प्रतिक्रिया