आइतबार, पुष ६, २०८२

रामचन्द्र पौडेलले भने : अब सभापतिमा उम्मेदवारी दिन्न

मेरोन्यूज २०७८ मंसिर २५ गते ११:५४

काठमाडौँ । नेपाली काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापतिमा चुनाव नलड्ने बताएका छन् । जारी १४ औँ महाधिवेशनमा आफ्नो समूहबाट साझा उम्मेदवार तय नभएपछि उनले आफू सभापतिको उम्मेदवार नबन्ने बताएका हुन् ।

शनिबार बिहान पौडेललाई भेट्न उनकै निवासमा मिनेन्द्र रिजाल, अर्जुन नरसिंह केसी, महेश आचार्य, गगन थापालगायतका नेताहरू पुगेका थिए । सोही क्रममा उनले आफू सभापतिको उम्मेदवार नबन्ने बताएका हुन् ।

यसअघि पौडेल सके आफ्नै नाममा, नभए सभापतिका आकांक्षीमध्ये एक जना साझा उम्मेदवार बनाउनु पर्ने पक्षमा रहँदै आएका थिए । तर, सहमतिबिना प्रकाशमान सिंह आ–आफै सभापतिको दौड रहेपछि पौडेल पछि हटेका हुन् ।

उनले सभापतिमा आफ्नो पक्षबाट कसैको नाम सहमति जुटे सहयोग गर्ने बताएका छन् । पौडेल पक्षबाट शेखर कोइराला र प्रकाशमान सिंहसहितका नेताहरूले सभापतिमा दाबी गर्दै आएका छन् ।

प्रतिक्रिया