सोमबार, पुष ७, २०८२

सुजाताले भनिन् : प्रकाशमानलाई शेखर र शशांकले समर्थन गर्नु पर्छ

मेरोन्यूज २०७८ मंसिर २५ गते १२:११

काठमाडौँ । नेपाली कांग्रेसकी नेतृ सुजता कोइरालाले प्रकाशमान सिंहलाई जिताउन सबै संस्थापनइतर एकजुट हुुनु पर्ने बताएकी छन् । पार्टीको १४ औँ महाविधेशनमा सभापतिको उम्मेदवारी दिन सिंहले राखेको उम्मेदवारी घोषणा तथा अवधारणा सार्वजनिक कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् ।

नेतृ कोइराला सिंहको प्यानलबाट उपसभापति पदका लागि उम्मेदवार बन्न लागेकी छन् । उनले कांग्रेसलाई नयाँ गति दिन प्रकाशमानको नेतृत्व आवश्यक रहेको समेत बताइन् ।

उनले कोइराला परिवारमा विभाजन नआएको बताउँदै शेखर र शशांकाले समेत प्रकाशमानलाई समर्थन गर्नु पर्ने बताएकी थिइन । ‘अहिले कोइराला परिवारमा विभाजन भएको होइन, अरु पनि विस्तारै आउनुहुन्छ, शेखर कोइराला र शशांकले पनि प्रकाशमानलाई समर्थन गर्नु पर्छ,’ उनले भनिन् ।

प्रतिक्रिया