कलाकार चन्दले चलाए मुम्बईमा सफाइ अभियान

काठमाडौँ । वाग्मती सफाइ अभियानकर्मी एवं कलाकार चक्रबहादुर चन्दले मुम्बईको बरसवावीचको सागरतट क्षेत्रमा सफाइ अभियान चलाएका छन् । अभियानकर्मी चन्द बहुचर्चित नेपाली चलचित्र प्रेमगीत–३ को प्राविधिक कामका लागि केही हप्तादेखि भारतको मुम्बईमा छन् । मुम्बई रहेका बेला समयको सदुपयोग गर्दै चन्दले वरसवावीचको सागरतटको सफाइ अभियान चलाएका हुन् ।
मुम्बईमा लगातार तेस्रो हप्तासम्म सफाइ अभियान सम्पन्न गरेको उनले जानकारी दिए । चन्दलाई युवा व्यवसायी तथा समाजदेवी मधु आर्याल तथा वलिउड कलाकार तारा शर्माले साथ दिएका छन् । अभियानलाई मुम्बई महानगरपालिकाको फोहर संकलन साधन एवं सफाइ समूहले समेत साथ दिएको थियो । समुद्र तटमा दैनिक आउने फोहरजन्य पदार्थलाई महानगरपालिकाले नियमित संकलन गर्दै आएको छ । समुद्र तटमा दिनहुँ प्लास्टिकजन्य पदार्थ जम्मा हुन्छ ।
प्लाष्टिकले पृथ्वीमा वातावरणीय प्रभाव डरलाग्दो बन्दै गएको छ । अभियानका क्रममा तीन हप्तादेखि प्लास्टिकलगायत फोहर टिप्ने गरिएको छ । काठमाडौँमा प्रत्येक हप्ताको शनिबार बिहान दुई घण्टा वाग्मतीमा सफाइ गर्ने बानीलाई उनले त्यहाँ पनि निरन्तरता दिएका हुन् । चन्दले राजधानी बाहिर हुँदा सम्बन्धित स्थानमै सफाइ अभियान चलाउँदै आएका छन् ।
अभियानकर्मी चन्दले देशव्यापी रुपमा सञ्चालन भइरहेको मेचीमहाकाली सफाइ अभियानसमेत चलाउँदै आएका छन् । उनले आफू पुगेका स्थानमा सफाइ अभियान चलाउने गर्छन् । चलचित्र प्रेमगीत–३ लाई हिन्दी भाषामा अनुवादका लागि अभियानकर्मी चन्दसहितको समूह अहिले भारतमा रहेको जनाइएको छ । रासस
















विश्व प्रेस स्वतन्त्रता दिवस: पत्रकार महासङ्घको ऐक्यबद्धता पदयात्रा
सुनको मूल्य तोलामा एक हजारले घट्यो, चाँदीको बढ्यो
होर्मुज जलडमरूमध्यमा इरानको सुरक्षा निगरानी कडा
स्रोत नखुलेको रु २७ लाखसहित दुई जना पक्राउ
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
प्रतिक्रिया