कलाकार चन्दले चलाए मुम्बईमा सफाइ अभियान

काठमाडौँ । वाग्मती सफाइ अभियानकर्मी एवं कलाकार चक्रबहादुर चन्दले मुम्बईको बरसवावीचको सागरतट क्षेत्रमा सफाइ अभियान चलाएका छन् । अभियानकर्मी चन्द बहुचर्चित नेपाली चलचित्र प्रेमगीत–३ को प्राविधिक कामका लागि केही हप्तादेखि भारतको मुम्बईमा छन् । मुम्बई रहेका बेला समयको सदुपयोग गर्दै चन्दले वरसवावीचको सागरतटको सफाइ अभियान चलाएका हुन् ।
मुम्बईमा लगातार तेस्रो हप्तासम्म सफाइ अभियान सम्पन्न गरेको उनले जानकारी दिए । चन्दलाई युवा व्यवसायी तथा समाजदेवी मधु आर्याल तथा वलिउड कलाकार तारा शर्माले साथ दिएका छन् । अभियानलाई मुम्बई महानगरपालिकाको फोहर संकलन साधन एवं सफाइ समूहले समेत साथ दिएको थियो । समुद्र तटमा दैनिक आउने फोहरजन्य पदार्थलाई महानगरपालिकाले नियमित संकलन गर्दै आएको छ । समुद्र तटमा दिनहुँ प्लास्टिकजन्य पदार्थ जम्मा हुन्छ ।
प्लाष्टिकले पृथ्वीमा वातावरणीय प्रभाव डरलाग्दो बन्दै गएको छ । अभियानका क्रममा तीन हप्तादेखि प्लास्टिकलगायत फोहर टिप्ने गरिएको छ । काठमाडौँमा प्रत्येक हप्ताको शनिबार बिहान दुई घण्टा वाग्मतीमा सफाइ गर्ने बानीलाई उनले त्यहाँ पनि निरन्तरता दिएका हुन् । चन्दले राजधानी बाहिर हुँदा सम्बन्धित स्थानमै सफाइ अभियान चलाउँदै आएका छन् ।
अभियानकर्मी चन्दले देशव्यापी रुपमा सञ्चालन भइरहेको मेचीमहाकाली सफाइ अभियानसमेत चलाउँदै आएका छन् । उनले आफू पुगेका स्थानमा सफाइ अभियान चलाउने गर्छन् । चलचित्र प्रेमगीत–३ लाई हिन्दी भाषामा अनुवादका लागि अभियानकर्मी चन्दसहितको समूह अहिले भारतमा रहेको जनाइएको छ । रासस












गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा
प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
प्रतिक्रिया