प्रधानमन्त्री देउवा महाधिवेशन प्रतिनिधिहरुसँग भृकुटीमण्डपमा

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेपाली कांग्रेसको १४औँ महाधिवेशनस्थल भृकुटीमण्डपमा छन् । उनी आज बिहानदेखि भृकुटीमण्डपमा रहेर महाधिवेशन प्रतिनिधिहरुसँग अन्तरक्रिया र परामर्शमा व्यस्त भएका थिए ।
कांग्रेसको सभापतिमा उम्मेदवारी दिएका देउवाले आज भृकुटीमण्डपमा जम्मा भएका महाधिवेशन प्रतिनिधिहरु एवं कांग्रेसका नेता तथा कार्यकर्ताहरुसँग अन्तरक्रिया गरी आफूलाई मत पनि मागेका थिए ।

त्यसपछि उनले महाधिवेशन प्रतिनिधिहरुसँग काठमाडौँको बसाइँका बारेमा सोधपुछ गरेका थिए । खाना र बस्नका लागि कुनै समस्या परेको छ कि भनेर उनले भृकुटीमण्डपमा रहेका प्रतिनिधिहरुसँग सोधेका थिए ।
उनले काठमाडौँमा चिसो बढेकाले स्वास्थ्यको ख्याल गर्न र कोरोना भाइरसको सम्भावित संक्रमणबाट बच्नका लागि आवश्यक सतर्कता अपनाउन पनि सुझाव दिएका थिए ।
उनले आज बिहानको खाना पनि भृकुटीमण्डमा महाधिवेशन प्रतिनिधिहरुसँगै लाइनमा बसेर लिएका थिए । रासस










पूर्वराष्ट्रपति भण्डारीकाे राजतन्त्रबारे अभिव्यक्ति सुन्दा उदेक लाग्योः प्रदीप ज्ञवाली
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
देशभरको न्यूनतम तापक्रम बढ्याे
निर्वाचनमा समानुपातिकतर्फ समावेशी समूहको प्रतिशत फेेेरबदल
आजकाे विदेशी मुद्राको विनिमयदर : युरो घट्याे
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
प्रतिक्रिया