आजको राशिफल ः मंसिर २७ गते सोमबार

आज वि. सं. २०७८ साल मंसिर महिनाको २७ गते सोमबार, मंसिर शुक्लपक्षको दशमी तिथि ।
मेष
बोलीमा एक्कासी रुखोपना देखिने छ । चिटचिटापनले गर्दा अधैर्यताको अवस्था आउने छ । पेशागत जीवनमा अपेक्षाकृति कार्यप्रदर्शन हुन सक्ने छैन् । ब्यापार बिजनेशबाट आँशिक लाभ प्राप्त हुने छ । आर्थिक अवस्था धेरै बिग्रने छैन् । परिवारमा तनावपूर्ण अवस्था रहने छ । स्वास्थ्य कमजोर रहने छ ।
वृष
अरुको विश्वास आर्जन गर्न सफल भए पनि सो अनुसारको काम गर्न नसक्दा विश्वासमा केही कमि देखिन जाने छ । पेशागत जीवन सन्तुलित रहने छ । आर्थिक पक्ष पनि ठिक नै रहने छ । खर्चको मात्रा भने निरन्तर बढि रहने छ । मनोबल उच्च रहनाले दृढता कायम रहने छ । पारीवारिक वातावरण भने अशान्तिले घेरिएको हुनेछ ।
मिथुन
मनमा दृढताको मात्रा देखिँदा केही राहत मिल्ने छ । केही सकारात्मक संकेतहरु आउने हुँदा उत्साह जाग्ने छ । पेशागत जीवनमा भने शान्त भएर कदमहरु चाल्नु होला । आम्दानी नबढे पनि घट्ने पनि छैन् । शारीरिक स्वास्थ्य कमजोर हुने हुँदा दबाब महशुस हुनेछ ।
कर्कट
चालेका कदमहरु सफल हुने हुँदा उत्साह रहने छ । तर बढि उत्साही हुने भन्दा व्यावहारिक बन्नु फलदायी रहने छ । पेशागत जीवन सन्तुलित अघि बढ्ने छ । व्यवस्थापकीय क्षमतामा हुने कलाले सबैको चित्त बुझाउन सक्ने व्यक्तित्व हुने छ । आम्दानीमा गुणात्मक बृद्धि हुने छ । नशालु पदार्थबाट टाढै बस्ने प्रयास गर्नुहोला । दाम्पत्य जीवनमा भने बुझाईको कमि रहने छ ।
सिंह
खर्चको क्रमहरु बढ्न पुग्ने छ । आम्दानीमा बढोत्तरी नहुँदा आर्थिक सन्तुलनको दबाब कायम रहने छ । पेशागत जीवनमा झैझगडाको अवस्था वा बैमनश्यता हुने हुँदा विचार गरेर मात्र कदमहरु चाल्नु उपयुक्त हुने छ । दरिलो र आँटिलो स्वाभाव हुने भएकाले जोखिमले भरिएका कामहरु गर्न मन लाग्ने छ । रिस कडा हुनेछ ।
कन्या
आर्थिक रुपमा असन्तुलन पैदा हुँदा ऋण लाग्ने अवस्था आउने छ । मनोबल कमजोर हुँदा सहकर्मीहरुले पनि हेप्ने छन् । पेशागत जीवनमा तनावपूर्ण अवस्था रहने चुनौति रहेकाले विचार पुर्याउनु होला । दाम्पत्य जीवनमा बुझाईको अन्तर हुने छ । परिवारक सदस्यहरुबीच किचकिचको अवस्था रहँदा सामाजिक छवि धुमिल हुनेछ ।
तुला
सवारीसाधनको शौख जागृत हुने छ । रसिक खालको स्वाभावले गर्दा पार्टीहरुमा जम्ने तथा साथिभाइसँगको रंग रमाईलोमा रम्ने स्वाभाव हुने छ । पेशागत जीवन सकारात्मक रहने छ भने आम्दानीमा पनि बृद्धि हुने छ । बोली प्रभावका कारण अरुको विश्वास जित्न सकिने छ । बौद्धिकतामा भने कमि आउने छ ।
वृश्चिक
नयाँ नयाँ काम गर्न मन लाग्ने छ । खासगरी सृजनाशिल कार्यमा मन लाग्ने छ । पेशागत जीवनमा आफुले सोचे जस्तो गरी परिस्थिति अनुकुल बन्ने छ । थप महत्वपूर्ण जिम्मेबारी वहन गर्न पाइने छ । समाजले कदर गर्ने छ भने मानसम्मान प्राप्त हुने समय छ । भोज भतेरमा सहभागि हुन पाइने छ । चिसोले भने सताउला ।
धनु
बादबिबाद र कठिनाईहरुबाट अघि बढ्नु पर्ने छ । पेशागत जीवनमा चुनौतिहरु देखा पर्ने छन् । आर्थिक रुपमा व्यवस्थापन गर्न धौधौ हुने छ । परिवारमा पनि तनावपूर्ण वातावरण सृजना हुँदा अशान्तिको वातावरण उत्पन्न हुने छ । मानकि रुपमा दुविधा र अन्योलले घेर्ने छ । बोलीमा रुखोपना देखिने छ ।
मकर
बौद्धिक क्षेत्रमा सक्रियहरुलाई कठिन समय रहेको छ । व्यापार व्यवसायमा रहेकाहरुलाई भने आर्थिक नाफा चाँहि हुने छ । सामाजिक कामहरुमा सहभागि हुन उदासिनता आउने छ । कुलततर्फ मन जाने भएका हुनाले यसलाई नियन्त्रित गर्ने प्रयास गर्नु होला । कार्य सफलतामा कमि आउँदा नैराश्यताले पेल्ने छ । जीवनसाथिको साथले ठुलो राहत प्रदान गर्नेछ ।
कुम्भ
बलियो इच्छाशक्ति भएको व्यक्तित्व हुने छ । पेशागत जीवनमा क्रमशः सकारात्मकता देखा पर्न जाने छ । आर्थिक चक्र भने असन्तुलित रहने भएकाले ऋण लिनु पर्ने अवस्था निम्तिन सक्छ । कठिन क्षणहरुमा पनि धैर्य भएर निरन्तर अघि बढ्न आँट प्राप्त हुने छ । समाजले जत्ति गरे पनि राम्रो मुल्यांकन गरेन भन्ने लागि रहने छ ।
मीन
भोज भतेरमा जाने संयोग जुर्ने छ । पेशागत जीवन द्वन्दग्रस्त हुने छ । बोलीको प्रभाव कम हुने भएकाले संयमित रहँदा नै फाइदा हुने छ । आर्थिक दबाब पर्ने छ । मनमा निराशा र वैचैनी विद्यमान रहने छ । दाम्पत्य जीवनमा एक अर्कालाई साथ दिने कटिबद्ध मनसाय रहने छ । यौन जीवनमा संयमित रहने प्रयास गर्नु होला ।
(गुरु पन्त– ज्योतिषी, वास्तुविद्, रत्नविद् एवं हस्तरेखाविद् हुन् सम्पर्क– ९८१३६३७२३८)
















बलोचिस्तानमा पाकिस्तान सेनाको अपरेशन जारी,९२ आतङ्कवादी मारिए
पत्रकार दिनेश सिटौलाको निधन
महिला टी २० विश्वकप छनोट : आयरल्यान्डसँग थाइल्यान्ड पराजित
4 killed, 27 injured in road accident in E. Pakistan
Gold, silver prices decline
पाँच वर्षमा ठोस रूपमा उपलब्धि हासिल गर्नसक्ने गरी घोषणा पत्र ल्याउँछौँः अध्यक्ष ओली
मध्यरातमा यसरी लुटपाट मच्चाउथ्यो विनय तामाङको समूहले
निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
प्रतिक्रिया