संसद अधिवेशनअघि आज सांसदहरुको कोरोना परीक्षण

काठमाडौं । संघीय संसदको दशौं अधिवेशन शुरु हुनुअघि सोमवार सांसदहरुको कोरोना परीक्षण गरिने भएको छ ।
मंगलवारदेखि संघीय संसदको दुवै सदनको अधिवेशन शुरु हुँदैछ ।
संसद सचिवालयलेसूचना जारी गरी प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, उपाध्यक्ष, प्रतिनिधि सभा एवं राष्ट्रिय सभाका सबै साँसदहरु, संघीय संसदका महासचिव तथा सचिवहरु तथा विभिन्न महाशाखाका प्रमुखसहित सम्बन्धित महाशाखाका कर्मचारीहरु, मर्यादापालक एवं सुरक्षाकर्मीहरुको पनि कोरोना परीक्षण गरिने जनाएको छ ।
बिहान ११ बजेदेखि ३ बजेसम्म बानेश्वरस्थित संसद भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, स्काई लाइट हलमा एन्टीजेन परीक्षणको व्यवस्था मिलाइएको छ । संघीय संसदको दशौं अधिवेशन मंगलबार दिउँसो २ बजका लागि बोलाइएको छ ।
दशौं अधिवेशनमा अमेरिकी सहयोग परियोजना एमसीसी लगायतका प्रस्ताव टेवल हुने सम्भावना रहेको छ ।















रोशीमा बाढी आउँदा बिपी राजमार्ग बन्द
घुस लिएको आरोपमा सई दिनेश राउतविरुद्ध मुद्दा दायर
तेह्रथुममा नौ दिनदेखि हराइरहेकी महिला मृत फेला
सुदन किराँती श्रम संस्कृति पार्टीमा प्रवेश, हर्कले गरे स्वागत
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया