संसद अधिवेशनअघि आज सांसदहरुको कोरोना परीक्षण

काठमाडौं । संघीय संसदको दशौं अधिवेशन शुरु हुनुअघि सोमवार सांसदहरुको कोरोना परीक्षण गरिने भएको छ ।
मंगलवारदेखि संघीय संसदको दुवै सदनको अधिवेशन शुरु हुँदैछ ।
संसद सचिवालयलेसूचना जारी गरी प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, उपाध्यक्ष, प्रतिनिधि सभा एवं राष्ट्रिय सभाका सबै साँसदहरु, संघीय संसदका महासचिव तथा सचिवहरु तथा विभिन्न महाशाखाका प्रमुखसहित सम्बन्धित महाशाखाका कर्मचारीहरु, मर्यादापालक एवं सुरक्षाकर्मीहरुको पनि कोरोना परीक्षण गरिने जनाएको छ ।
बिहान ११ बजेदेखि ३ बजेसम्म बानेश्वरस्थित संसद भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, स्काई लाइट हलमा एन्टीजेन परीक्षणको व्यवस्था मिलाइएको छ । संघीय संसदको दशौं अधिवेशन मंगलबार दिउँसो २ बजका लागि बोलाइएको छ ।
दशौं अधिवेशनमा अमेरिकी सहयोग परियोजना एमसीसी लगायतका प्रस्ताव टेवल हुने सम्भावना रहेको छ ।












मधेशमा हुस्सु र कुहिरो, पहाडी भागमा आंशिक बदली
50 days to HoR elections: 175 candidates withdraw from PR closed list
कसेरीघाटस्थित फोहरमैला प्रशोधन केन्द्रमा तीन जनाको हत्या प्रकरणमा एक जना पक्राउ
सिन्धुलीस्थित बैंक लुटपाट: सुरक्षा गार्डको हात काटियो, स्थानीय भेटे बाेरामा पैसा
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया