आइटीसम्बन्धी शैक्षिक मेला बिहीबारदेखि
काठमाडौँ । ‘स्टडी इन नेपाल’ भन्ने मूल नाराका साथ यही बिहीबारदेखि राजधानीमा छैटौँ व्यवस्थापन तथा आइटीसम्बन्धी शैक्षिक मेला सुरु हुने भएको छ । युनिभर्सल थट कन्सल्टले आगामी पुस १ र २ गते (बिहीबार र शुक्रबार) काठमाडौँको कमलादीस्थित प्रज्ञाप्रतिष्ठानमा आयोजना गर्न लागेको हो ।
शैक्षिक मेलामा एमबिए, एमबिएस, एमएस्सी, सिएसआइटी, बिबिए, बीएससी, सिएसआइटी, बिएलटी, बिआइएम, बिएचएम, बिबिआइएस, बिटिटिएम, बिबिएम, बी एचटिएम, बिएसडब्लु, बिबिएस, बिबिए, बिआई, बिई, बिडिएफइन, बिडिइभ्सलगायत शैक्षिक उपाधिहरू प्रदान गर्ने ३० शैक्षिक संस्थाहरूको सहभागिता रहनेछ । नेपालमै व्यवस्थापन तथा आइटितर्फ उच्च शिक्षामा गुणस्तरीय शिक्षा तथा कम खर्चमा अन्तर्राष्ट्रिय डिग्री हासिल गर्न सकिन्छ भन्ने कुरा यस संस्थाले विगतका शैक्षिक मेलाले प्रमाणित गरिसकेको छ ।
छैटौँ शैक्षिक मेलामा यस वर्ष कक्षा ११ र १२ अध्ययन गर्दै रहेको तथा कक्षा १२ को परीक्षा सकेर बसेका पाँच हजार विद्यार्थीको सहभागिता रहने युटिसीका कार्यकारी निर्देशक राजेश बुद्घसैनीले बताए ।
यस वर्षको शैक्षिक मेलामा नेपाली विश्वविद्यालयबाट क्रमशः पोखरा विश्वविद्यालयका नौ शैक्षिक संस्था, त्रिभुवन विश्वविद्यालयका छ, पूर्वाञ्चल विश्वविद्यालयका तीन, काठमाडौँ विश्वविद्यालयका दुई, मध्यपश्चिम विश्वविद्यालयका पाँच, नेपाली विश्वविद्यालयका कलेज, दुईवटा सिए र एक अन्य अध्यापन गराउने संस्थाको सहभागिता रहनेछ भने १५ वटा विदेशी विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजहरुको सहभागिता रहने यस मेलामा जम्मा ५१ वटा स्टलहरू रहने युटिसीका एडमिनिस्ट्रेटिभ एन्ड फाइनान्स डाइरेक्टर प्रकाश ढकालले जानकारी दिए ।
















रातभर प्रहरीको ‘अपरेसन सेफ्टी काठमाडौं’ : १९५ जना पक्राउ
उपसभामुखमा श्रम संस्कृती पार्टीले पनि उम्मेदवारी दिने
इरानमा बेपत्ता अमेरिक पाइलटको भाग्यमाथि बाजी लगाएपछी पोलिमार्केट आलोचनामा
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
यूएईमा क्षेप्यास्त्र इन्टरसेप्ट गर्ने क्रममा अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
संसद् सचिवालयमा सर्वदलीय बैठक
न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
प्रतिक्रिया