पहिलो चरणमा बहुमत नपुग्नेः दोस्रो चरणमा देउवा र शेखरबीच प्रतिष्पर्धाकाे सम्भावना

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्वको लागि सोमवार मध्यरातमा सम्पन्न मतदानको ५० प्रतिशत मत गणना हुँदा कसैलाई पनि बहुमत नपुग्ने देखिएको छ ।
महाधिवेशनमा कुल ४ हजार ७४३ प्रतिनिधिमध्ये ४ हजार ६७९ मत खसेको छ ।
सभापति पदमा बहुमत ल्याउनका लागि २ हजार ३ सय ४० मत कटाउनुपर्ने हुन्छ । तर अहिलेसम्म ५० प्रतिशत बढी मत गणना हुँदा सो संख्या पुग्ने सम्भावना कम देखिएको छ ।
मंगलबार विहानबाट भएको मतगणनाअनुसार अहिलेसम्म ३९७७ मत गन्दा शेरबहादुर देउवाको पक्षमा १९०० मत आएको छ भने शेखर कोइरालाको पक्षमा १४६७ मत प्राप्त भएको निर्वाचन समितले जनाएको छ ।
यस्तै, तेस्रो स्थानमा देखिएका प्रकाशमान सिंहले २९६ मात्रै पाएका छन् भने बिमलेन्द्र निधिले २३० मत ल्याएका छन् । अन्तिममा रहेका कल्याण गुरुङको मत नगन्य छ । उनले अहिलेसम्म २० मत मात्रै प्राप्त गरेका छन् । अहिलेसम्मको परिणामअनुसार देउवाले ४७ प्रतिशत मत प्राप्त गरेका छन् ।
सभापति पदका पाँचै जना उम्मेदवार मध्ये कसैलाई बहुमत नपुगेमा बढी मत ल्याउने दुई जनाबीच पुनः प्रतिष्पर्धा हुनेछ । अहिलेसम्मको परिणामअनुसार अबको दोस्रो चरणमा देउवा र कोइरालबीच प्रतिष्पर्धा हुने देखिएको छ ।
दोस्रो चरणमा संस्थापन इतरका प्रकाशमान, निधि र गुरुङले कसलाई साथ दिन्छन्, त्यो निर्णायक बन्नेछ ।
















लेबनानमा इजरायली आक्रमण, पाँच जनाको मृत्यु
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
मिठाई बेचेर खुसी कमाएका हरिबहादुर
हलिया मुक्ति घोषणाको १८ वर्षः ‘व्यवस्था फेरियो, अवस्था उस्तै’
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
गृहमन्त्री गुरुङको स्पष्टीकरण : केही लुकाएको छैन, ऋण लिए सेयर किनेको हुँ
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
प्रतिक्रिया