एमसीसीविरुद्ध चितवन बन्द, वैद्यका इन्चार्ज समातिए
प्रेम कँडेल
२०७८ मंसिर २८ गते ८:०८

चितवन । अमेरिकी सहयोग परियोजना एमसीसी खारेजीको माग गर्दै एमसीसी खारेजी अभियान संयुक्त संघर्ष समिति आज चितवन बन्द गराएको छ ।
मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), नेत्रविक्रम चन्द नेतृत्वको नेकपा लगायतका विभिन्न दलहरु सहभागी संघर्ष समितिले गराएको बन्दले चितवन जिल्ला पूर्ण रुपमा प्रभावित भएको छ ।
बन्दले लामो तथा छोटा दूरीका गाडीहरु रोकिएका छन् । नारायणघाट बजार सुनसा बनेको छ ।
यसैबीच, समितिले आयोजना गरेको चितवन बन्दका क्रममा प्रहरीले क्रान्तिकारी माओवादीका चितवन इन्चार्ज घनश्याम सापकोटा विकासलाई पक्राउ गरेको छ ।
सापकोटालाई प्रहरीले नारायणघाट बजारबाट पक्राउ गरेको क्रान्तिकारी माओवादी चितवन सेक्रेटरी अशोक शर्माले मेरोन्यूजलाई जानकारी दिए ।
बन्दको पूर्व सन्ध्यामा संघर्ष समितिले सोमवार बेलुका नारायणघाट बजारमा मशाल जुलुस निकालेको थियो ।
सम्बन्धित
















लेबनानमा इजरायली आक्रमण, पाँच जनाको मृत्यु
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
मिठाई बेचेर खुसी कमाएका हरिबहादुर
हलिया मुक्ति घोषणाको १८ वर्षः ‘व्यवस्था फेरियो, अवस्था उस्तै’
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
गृहमन्त्री गुरुङको स्पष्टीकरण : केही लुकाएको छैन, ऋण लिए सेयर किनेको हुँ
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
प्रतिक्रिया