कांग्रेस महाधिवेशन
दोस्रो चरणमा शेखरलाई सघाउलान् प्रकाशमान र विमलेन्द्र ?

काठमाडौं । नेपाली कांग्रेसको जारी १४ औं महाधिवेशनमा संस्थापन पक्ष र इतर पक्षबीच मात्रै प्रतिपर्धा हुँदा शेरबहादुर देउवा कमजोर रहेको पहिलो परिणामले देखाएको छ ।
सभापति पदका लागि पाँच जना प्रतिष्र्धामा उत्रिएपछि सभापतिका उम्मेदवार कसैले पनि ५० प्रतिशत मत कटाउने सम्भावना देखिएन । निर्वाचनमा ४ हजार ६७९ मत खसेको खसेको थियो ।
खसेको मत मध्ये सभापति पदमा विजयी हुन २ हजार ३ सय ४० मत प्राप्त गर्नुपर्नेमा कुनै पनि उम्मेदवार त्यो संख्या पुर्याउने सम्भावना नभएपछि अब दोस्रो चरणमा दुई जनाबीच प्रतिष्पर्धा हुने देखिएको छ ।
सभापति पदमा मतगणना अन्तिम चरणमा रहेको छ । पछिल्लो गणनाको गणितमा शेखर, प्रकाशमान र विमलेन्द्रको मत जोडिदा देउवा भन्दा बढी छ ।
यद्यपि देउवाले निधिलाई आफ्नो पक्षमा पार्न सकेमा मात्रै पनि देउवाले जित्ने सम्भावना परिणामले देखाएको छ । तर यसअघि निधिलाई बेवास्ता गरेका देउवालाई उनले सहयोग गर्ने सम्भावना निकै कम देखिन्छ । निधि देउवाबाट निकै रुष्ट छन् । संस्थापन इतरपक्षहरु एक ठाउँमा आएर निधिको पनि समर्थन पाउँदा शेखरले जित्ने सम्भावना बढेको छ ।
पहिलो चरणमा देउवाले २२५८ मत प्राप्त गरेका छन् । उनले ८२ मतले ५० प्रतिशत कटाउन सकेनन् । कोइरालाले १७२९ मत, सिंहले ३७१ मत, निधिले २४९ मत र गुरुङले २०मत प्राप्त गरेका छन् । देउवाले एक जनाको मात्रै समर्थन पाएमा पनि जित्ने देखिएको छ ।















लेबनानमा इजरायली आक्रमण, पाँच जनाको मृत्यु
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
मिठाई बेचेर खुसी कमाएका हरिबहादुर
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
गृहमन्त्री गुरुङको स्पष्टीकरण : केही लुकाएको छैन, ऋण लिए सेयर किनेको हुँ
वर्षाले अवरुद्ध नेपाल र युएईबीचको खेल सुरु : युएईले पायो ७८ रनको लक्ष्य
प्रतिक्रिया