बिहीबार, पुष १०, २०८२

८४ मतपेटिका कांग्रेस पार्टी कार्यालय सानेपामा

मेरोन्यूज २०७८ मंसिर २८ गते ८:४९

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत सम्पन्न मतदानको मतपेटिका पार्टी केन्द्रीय कार्यालय सानेपा लगिएको छ ।

सभापतिका तीनवटा मतपेटिकाबाहेक ८४ वटा मतपेटिका सानेपा लगिएको हो ।

मतपेटिकाहरु १५ वटा गाडीमा राखेर सुरक्षा घेरामा पुर्याएको हो । उक्त मतपेटिका सुरक्षाकर्मीको कडा सुरक्षामा राखेर मंगलबार विहान ४ बजे सानेपा लागेको हो । सभापतिका तीनवटा मतपेटिका भने राष्ट्रियसभा गृहमा नै राखेर मतगणना गरिएको छ ।

प्रतिक्रिया