देउवा-प्रकाशमान समीकरण
प्रकाशमान सिंहले सभापतिमा देउवालाई सघाउने समझदारी

काठमाडौं । नेपाली काग्रेसको सभापतिमा शेरवहादुर देउवालाई प्रकाशमान सिंहले सघाउने भएका छन् । देउवा र प्रकाशमान सिंह्का वीचमा नयाँ समिकरण बनेको छ । सिंह्को निवास चाक्सीवारीमै भेटन पुगेका देउवालाई सहयोग गर्ने निश्कर्षमा प्रकाशमान सिंह समुह पुगेको हो ।
यो समिकरण बनेको पुष्टि प्रकाशमान सिंहका सहयोगी युपी लामिछानेले सामाजिक सन्जालमार्फत पुष्टि गरेका छन् ।
देउवाले पहिलो चरणको चुनावमा ८२ मत थप पाएका भए उनी विजयी भईसक्थे । तर अव प्रकाशमान सिंहले पनि देउवाको पक्षमा उभिने निर्णय लिएपछि देउवा थप वलियो बनेका छन् ।
प्रकाशमान सिंहले ३७१ मत पाएका थिए । अव यो महाधिवेशन प्रतिनिधीहरुले केही मत तलमाथी भएपनि देउवाले पाउने देखिएको छ ।
चुनाव दोस्रो चरणमा जाने देखिने वित्तिकै प्रधानमन्त्री देउवाले आफु निकट नेता गृहमन्त्री वालकृष्ण खाँण र वीरवहादुर वलायरलाई सिंहको निवास पठाएका थिए । त्यसपछि देउवा पौडेलले आयोजना गरेको चियापानमा पुगे लगत्तै सिंह निवास चाक्सीवारीमा पुगेका थिए । चाक्सीवारीमा आफ्नै प्यानलका सुजाता कोइराला लगायतका नेताहरुलाई साथै लिएर सिंहले देउवालाई सहयोग गर्ने गरी वचन दिएका थिए ।
यसले शेखर कोइरालालाई भने कमजोर बनाईदिएको छ । सिंहले देउवालाई सहयोग गर्दा विमलेन्द्र निधिले शेखर लाई साथ दिदा पनि शेखर कमजोर देखिने भएका छन् ।











जेलेन्स्कीले दिए रुसलाइ कडा चेतावनी
कांग्रेस नेता पौडेलद्वारा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा
रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु
कांग्रेसद्वारा राष्ट्रियसभाको अधिवेशन माग
एलआरआर मोटर्सद्वारा जिली ईएक्स फाइभ बिक्री प्रवर्द्धन योजना
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
रवि लामिछाने र बालेन रातभर ६ घण्टा वार्ता : एउटै गाडीमा बाहिरीए
प्रतिक्रिया