प्रचण्डको नेतृत्वमा संसदीय बोर्ड गठन

काठमाडौं । नेकपा माओवादी केन्द्रले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा संसदीय बोर्ड गठन गरेको छ ।
संघीय संसदको मंगलबारको बैठकअघि सिंहदरबारस्थित दलको कार्यालयमा बसेको माओवादीको संसदीय दलको बैठकले प्रचण्डको नेतृत्वमा २१ सदस्यीय संसदीय बोर्ड गठन गरेको हो ।
यस्तै, माओवादी केन्द्रले संसदको गतिरोध हटाउन पहल गर्ने निर्णय गरेको छ । संसदको गतिरोध अन्त्यका लागि सर्वदलीय बैठक आह्वान गर्न पहल गर्ने बैठकले निर्णय गरेको छ ।
प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसदको नवौं अधिवेशनको पूरै अवधिभर अवरोध गरेको थियो । आफूले कारबाही गरेका माधव नेपालसहितका १४ जना सांसदलाई सभामुखले सांसदकै हैसियत दिएको भन्दै एमालेले विरोध जनाउँदै आएको छ । उसले १४ जना सांसदलाई पदबाट हटाइएको सूचना टाँस गर्नुपर्ने माग राख्दै आएको छ ।
बैठकले राष्ट्रिय सभा दलका प्रमुख सचेतक गोपि अछामी, सचेतक गङगा वेल्बासे तथा प्रतिनिधिसभामा दलको सचेतकमा रामकुमारी चौधरी र संसदीय दलको सचीवमा रामनारायण बिडारीलाई चयन गरेको छ ।
माओवादी संसदीय दलको बैठकले अमेरिकी सहयोग परियोजनाबारे भने एमसीसी ठोस निर्णय लिएको छैन । उसले सर्वदलीय÷सर्वपक्षीय सहमतिपछि मात्रै एमसीसीलाई अघि बढाउने पनि जनाएको छ ।
बैठकमा अध्यक्ष तथा दलनेता प्रचण्डले सांसदहरुले उठाएका विषयको जवाफ दिदै व्यवस्थापिका संसदको हिउदे अधिवेशनलाई प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।















लेबनानमा इजरायली आक्रमण, पाँच जनाको मृत्यु
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
मिठाई बेचेर खुसी कमाएका हरिबहादुर
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
गृहमन्त्री गुरुङको स्पष्टीकरण : केही लुकाएको छैन, ऋण लिए सेयर किनेको हुँ
दोहोरो अंकले घट्यो नेप्से, करिब साढे पाँच अर्बकाे काराेबार
प्रतिक्रिया