शुक्रबार, पुष ११, २०८२

प्रचण्डको नेतृत्वमा संसदीय बोर्ड गठन

मेरोन्यूज २०७८ मंसिर २८ गते १३:०९

काठमाडौं । नेकपा माओवादी केन्द्रले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा संसदीय बोर्ड गठन गरेको छ ।

संघीय संसदको मंगलबारको बैठकअघि सिंहदरबारस्थित दलको कार्यालयमा बसेको माओवादीको संसदीय दलको बैठकले प्रचण्डको नेतृत्वमा २१ सदस्यीय संसदीय बोर्ड गठन गरेको हो ।

यस्तै, माओवादी केन्द्रले संसदको गतिरोध हटाउन पहल गर्ने निर्णय गरेको छ । संसदको गतिरोध अन्त्यका लागि सर्वदलीय बैठक आह्वान गर्न पहल गर्ने बैठकले निर्णय गरेको छ ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसदको नवौं अधिवेशनको पूरै अवधिभर अवरोध गरेको थियो । आफूले कारबाही गरेका माधव नेपालसहितका १४ जना सांसदलाई सभामुखले सांसदकै हैसियत दिएको भन्दै एमालेले विरोध जनाउँदै आएको छ । उसले १४ जना सांसदलाई पदबाट हटाइएको सूचना टाँस गर्नुपर्ने माग राख्दै आएको छ ।

बैठकले राष्ट्रिय सभा दलका प्रमुख सचेतक गोपि अछामी, सचेतक गङगा वेल्बासे तथा प्रतिनिधिसभामा दलको सचेतकमा रामकुमारी चौधरी र संसदीय दलको सचीवमा रामनारायण बिडारीलाई चयन गरेको छ ।

माओवादी संसदीय दलको बैठकले अमेरिकी सहयोग परियोजनाबारे भने एमसीसी ठोस निर्णय लिएको छैन । उसले सर्वदलीय÷सर्वपक्षीय सहमतिपछि मात्रै एमसीसीलाई अघि बढाउने पनि जनाएको छ ।

बैठकमा अध्यक्ष तथा दलनेता प्रचण्डले सांसदहरुले उठाएका विषयको जवाफ दिदै व्यवस्थापिका संसदको हिउदे अधिवेशनलाई प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।

प्रतिक्रिया