मंगलबार, पुष ८, २०८२

एमसीसीविरुद्ध विरोध प्रदर्शन, १५ जना पक्राउ

मेरोन्यूज २०७८ मंसिर २८ गते १५:४२

काठमाडौँ । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध विरोध प्रदर्शन गरिएको छ । मंगलबार नयाँ बानेश्वारस्थित संघीय संसद भवन अगगाडि विरोध प्रदर्शन गरिएको हो । नेकपा (क्रान्तिकारी माओवादी) र नेत्र विक्रमचन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लगायत पार्टीहरुले विरोध प्रदर्शन गरेका हुन् ।

प्रदर्शनका क्रममा प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा केही कार्यकर्ता घाइते भएका छन् । यस्तै प्रहरीले प्रदर्शनमा उत्रिएका १५ जनालाई पक्राउ गरी महानगरीय प्रहरी वृत बानेश्वरमा राखिएको छ ।

प्रतिक्रिया