कोका–कोलाले गर्यो प्लास्टिकजन्य फोहोरको संकट समाधान गर्न पहल

काठमाडौँ । विश्व वन्यजन्तु कोष (WWF) को नयाँ प्रतिवेदनले आफ्नो “रि–सोर्स प्लास्टिक” कार्यक्रमको मुख्य सदस्यहरु– दि कोका–कोला कम्पनी, केउरिग डा. पेपर, म्याकडोनाल्ड्स कर्पोरेशन, पी एन्ड जी र स्टारबक्सले २०१८ र २०२० को बीचमा आफ्नो प्लास्टिक प्रयोगमा ५७% कटौती गरेको जनाएको छ । पुन: प्रयोग गर्न नसकिने अथवा हार्ड–टु–रिसाइकल साना–साना सामानहरु जस्तै स्ट्र, प्लास्टिकका भाँडा–कुँडाहरु, भिनाइल र कडा फोमजस्ता सामानहरुको प्रयोगमा कटौती गरेर कुल ७१,००० मेट्रिक टन कम फोहोर उत्पादन भएको हो ।
प्लास्टिकजन्य पदार्थको उत्पादन र प्रयोगमा कमी आउनुलाई रिःसोर्स प्लास्टिकको दोश्रो वार्षिक प्रतिवेदनः ट्रान्स्परेन्ट २०२१ मा प्रकाशित प्रोग्रेसको मुख्य उपलब्धिको रुपमा हेरिएको छ । डब्ल्युडब्ल्युएफद्वारा २०१९ मा शुरु गरिएको यो कार्यक्रम प्लास्टिकजन्य प्रदुषणमा कर्पोरेट प्रभावको मात्रा निर्धारण गर्ने र लाखौं टन प्लास्टिकको फोहोरलाई रोक्न कम्पनीले निर्वाह गरेका भूमिकाहरु ट्र्याक गर्नेे प्रयास हो ।
डब्ल्युडब्ल्युएफको प्राइभेट सेक्टर इनगेजमेन्टको सिनियर भाईस प्रेजिडेन्ट शिला बोनिनीज्युले भने, “केही समययता व्यवसायहरुले प्लास्टिकजन्य प्रदुषणले निम्त्याएको समस्याको बारेमा कुरा गर्दै आएका छन् जुन अपरिहार्य नै थियो तर अब हामीले प्रश्न गर्ने बेला आएको छ, “तपाईंहरुले के गर्नुभएको छ र यसले केही परिवर्तन ल्याएको छ कि छैन ?”
कोका–कोला कम्पनीको सिनियर भाईस प्रेजिडेन्ट र कम्युनिकेसन्स् , सस्टेनेबिलिटी र स्ट्राटेजिक पार्ट्नरशिप्स् चिफ अफिसर बी पेरेजले भने “डब्ल्युडब्ल्युएफको ट्रान्स्परेन्ट २०२१ रिपोर्टमा देखाइएको प्रोग्रेसले महत्वाकांक्षी र सामूहिक कार्यको निरन्तरताको आवश्यकता देखाउँछ । जब हामी मिलेर काम गर्छौं, हामी सर्कुलर अर्थतन्त्रलाई अगाडि बढाउन र प्लास्टिकजन्य फोहोर घटाउन अर्थपूर्ण कदमहरू चाल्न सक्छौं ।”
















कर्मचारीले इन्धन दुरुपयोगको गरेको आरोप स्वास्थ्यमन्त्रीले लगाएपछी मन्त्रालयले भन्यो- दुरुपयोग भएको छैन
सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
विश्वकै व्यस्त मानिने दुबई विमानस्थलमा यात्रुको सङ्ख्यामा ६६ प्रतिशतको गिरावट
नेपाललाई तेक्वान्दोमा चार स्वर्ण पदक
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
मौसम पूर्वानुमान : केही यी स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
प्रतिक्रिया