एमसीसीविरुद्धको प्रदर्शनमा घाइते भएकाको निःशुल्क उपचार गर्न माग
प्रहरीले प्रक्राउ गरिएका कार्यकर्ताको रिहा गर्न पनि माग

काठमाडौँ । मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को बिरोधमा गरिएको प्रदर्शनमा घाइते भएकाको निःशुल्क उपचार र प्रक्राउ गरिएकालाई रिहा गर्न माग गरिएको छ । मंगलबार नयाँ बानेश्वरस्थित संघीय संसद भवन बाहिर एमसीसीविरुद्ध प्रदर्शन गर्दा प्रहरी र प्रदर्शनकारी बीच झडप हुँदा कार्यकर्ता घाइते भएका छन् चने प्रदर्शनकारीलाई प्रहरीले प्रक्राउ गरेको थियो ।

सिपी गजुरेलको नेतृत्वमा रहेको देशभक्त जनगणतान्त्रिक मोर्चा, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, विश्वभक्त दुलाल आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपाललगायतका घटकहरुले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै घाइतेको निःशुल्क उपचार र प्रक्राउ गरिएका कार्यकर्तालाई तत्काल रिहा गर्न माग गरिएको छ । एमसीसीको विरोध गर्दै सडकमा उत्रिनेहरुलाई प्रहरीले बलपूर्वक हटाएको थियो भने केही युवाहरुको समुहलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । उनीहरुले एमसीसी फिर्ता नगरे कडा आन्दोल गर्ने चेतावनी दिएका छन् ।



















शुक्लाफाँटामा बाघ गणना सुरु
नेप्सेमा ३२ अंकले घट्यो, साढे २१ अर्बको कारोबार
लमजुङमा जिपले च्यापेर चालकको मृत्यु
आजदेखि क्रमिक रूपमा तुवाँलो हट्ने
तेल सङ्कटले एसियामा तनाव
रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’
नेपाललाई बधाइ दिँदै मोदीले भने – नयाँ सरकारसँग सहकार्य गर्न प्रतिबद्ध छाैं
अटो दुर्घटना हुँदा चार जनाको मृत्यु, एक घाइते
ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी
प्रधानमन्त्री कार्कीले गरिन् युएईका राष्ट्रपतिसँग टेलिफोन संवाद
प्रतिक्रिया