कांग्रेस सभापतिमा शेरवहादुर देउवा निर्वाचित
कुल ४६ सय २३ मत खसेकोमा देउवाले २७३३ मत ल्याएर विजयी बने, प्रतिद्धन्द्धी शेखरले १८५५ पाएका थिए

काठमाडौँ । सरकारको नेतृत्व गरिरहेको पूरानो पार्टी नेपाली कांग्रेसको सभापतिमा फेरि शेरबहादुर देउवा आएका छन् । अवको ५ वर्ष पार्टीको नेतृत्व लिने गरी १४ औं महाधिवेशनवाट उनी सभापतिमा निर्वाचित भएका हुन् । देउवा दोस्रो कार्यकालका लागि पार्टीको सभापतिमा निर्वाचित भएका हुन् । १३ औं महाधिवेशनवाट पनि देउवा सभापतिमा निर्वाचित भएका थिए ।
पार्टीभित्रै उनले सभापतिका अर्का प्रत्याशी शेखर कोइरालालाई पराजित गदै दोश्रो कार्यकालका लागि पार्टी सभापतिमा विजयी बनेका हुन् । कांग्रेसले सभापति चुन्नका लागि मंगलबार अवेर रातीसम्म दास्रो चरणमा पुन मतदान गराएको थियो । त्यसपछि राती नै भएको मतगणनापछि देउवा सभापतिमा विजयी बनेका हुन् ।
मतदान अधिकृत सुनिल पाण्डेका अनुसार दोस्रो चरणमा भएको मतदानमा कुल ४६ सय २३ मत खसेकोमा २७३३ मत देउवाले पाए । कोइरालाले १८५५ पाए । ३५ मत बदर भयो ।
यसपटक सभापतिका लागि देउवा र कोइरालासहित प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ प्रतिस्पर्धामा थिए । तर, पहिलो चरणको मतदानमा कसैले पनि पार्टी विधानले ब्यवस्था गरे अनुसारको ५१ प्रतिशत मत प्राप्त गर्न नसकेपछि पाँचमध्ये सबैभन्दा धेरै मत प्राप्त गर्ने देउवा र कोइरालाकबीच मंगलबार दोस्रो चरणको मतदान भएको थियो । पहिलो चरणमा देउवालाई ५१ प्रतिशत मतका लागि ८२ मत पुगेको थिएन ।
१३ औं महाधिवेशनमा पनि दोस्रो चरणको मतदानबाटै नतिजा आफ्नो पक्षमा पारेका देउवाले यसपटक दोस्रो चरणको मतदानबाटै नेतृत्व आफ्नो पक्षमा पारेका हुन् ।
पहिलो चरणको निर्वाचनमा देउवाले २२५८, कोइरालाले १७०२, सिंहले ३७१, निधिले २५० र गुरुङले २२ मत प्राप्त गरेका छन् । पहिलो चरणमा ४ हजार ६ सय ७९ मत खसेको थियो ।
महाधिवेशनमा देशभरका ४ हजार ७ सय ४३ महाधिवेशन प्रतिनिधिहरू सहभागी भएका थिए ।
















सुकुमवासी बस्ती हटाउने सरकारी कदमप्रति जेन-जी मुभमेन्टको आपत्ति,बल प्रयोग गरिए आन्दोलनमा उत्रने चेतावनी
सुकुमवासी बस्ती हटाउने सरकारी कदमप्रति हर्क साम्पाङको आपत्ति,पहिले पुनर्बासको व्यवस्था होस्
बितेका २४ घण्टामा दुई हजार ६९२ जना सवारी चालक ट्राफिको कारबाहीमा
कांग्रेसले आज संसदीय दलको नेता चयन गर्दै
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
प्रतिक्रिया