मंगलबार, पुष ८, २०८२

देउवालाई रामचन्द्र पौडेलले दिए शुभकामना

मेरोन्यूज २०७८ मंसिर २९ गते ११:२४

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नवनिर्वाचित सभापति शेरबहादुर देउवालाई शुभकामना दिँदै एकताबद्ध कांग्रेस निर्माणमा ध्यान पुर्‍याउन आग्रह गरेका छन् ।

बुधबार एक विज्ञप्ति जारी गर्दै नेता पौडेलले सात दशक लामो संघर्षबाट नेपाली जनताले स्थापित गरेको लोकतन्त्र र संविधानमार्फत जारी संविधान खतरामुक्त नभएको र नेपाललाई अस्थिरता र अद्योगतितिर धकेल्ने प्रपञ्च जारी रहेको बताएका छन् ।

उनले यी दुवै संकटबाट देशलाई पार लगाउन कांग्रेस एकताबद्ध र सुदृढ हुनु पर्ने बताए ।

प्रतिक्रिया