बुधबार, पुष ९, २०८२

माओवादी केन्द्रको कर्णाली प्रदेश अध्यक्षमा बिमला केसी चयन

मेरोन्यूज २०७८ मंसिर २९ गते १९:१६

सुर्खेत । नेकपा माओवादी केन्द्रको कर्णाली प्रदेश अध्यक्षमा बिमला केसी चयन भएकी छन् ।

बुधबार बसेको प्रदेश समितिको बैठकले केसीलाई अध्यक्षमा चयन गरेको हो । केसीलाई अध्यक्ष चयन गरे पनि अन्य पदाधिकारीको भने टुंगो लागेको छैन ।

वीरेन्द्रनगरमा मंगलबार सम्पन्न प्रदेश अधिवेशनले २११ सदस्यीय प्रदेश समिति चयन गरेको थियो ।

अध्यक्षमा चयन भएकी केसी कर्णाली प्रदेश सरकारको पूर्वमन्त्री समेत हुन् । अखिल नेपाल महिला संघ (क्रान्तिकारी)को कर्णाली प्रदेश इन्चार्जसमेत रहेकी केसी माओवादी सशत्र संघर्षमा भूमिगत भएर विभिन्न भूमिका निर्वाह गरेकी थिइन् । संविधानसभा सदस्यसमेत रहेकी केसीका श्रीमान बसन्त शर्मा पनि माओवादी केन्द्रमै छन् ।

प्रतिक्रिया