डा. मिश्राले पाइन् स्वास्थ्य मन्त्रालयको प्रवक्ताको जिम्मेवारी
मेरोन्यूज
२०७८ मंसिर २९ गते २०:४१

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ताको जिम्मेवारी डा संगिता मिश्रले पाएकी छन् ।
स्वास्थ्य मन्त्री विरोध खतिवडाले मंगलबार मन्त्रीस्तरीय निर्णय गर्दै प्रवक्ताको जिम्मेवारी डा मिश्रलाई दिने निर्णय गरेका थिए ।
यसअघि प्रसुतिगृह अस्पतालका निर्देशक रहेकी डा. मिश्रलाई गत १२ मंसिरमा सरुवा गरी मन्त्रालयको समन्वय महाशाखामा ल्याइएको थियो ।
यसैगरी, यसअघि मन्त्रालयको प्रवक्ताको जिम्मेवारी स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेलले सम्हालेका थिए ।
डा पौडेलले प्रवक्ताको रुपमा बुधबार अन्तिमपटक कोरोना ब्रिफिङ गरी जिम्मेवारी हस्तान्तरण गरेको बताए ।
सम्बन्धित
















यार्सा सिजन सुरु भएसँगै अपी हिमालका विद्यालय आइतबारदेखि १५ दिन बन्द
अमेरिकी र इरानी सेनाबीच हर्मुजमा तनाव बढ्यो, युद्धविराम कायम रहेको ट्रम्पको दावी
उपराष्ट्रपति यादव स्वागत समारोहमा
सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न नयाँ ऐन ल्याइँदै
बाढीपहिरोका कारण अवरुद्ध यी पाँच वटा राजमार्ग सञ्चालन
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया