बुधबार, पुष ९, २०८२

आजको दिन कस्तो ? के भन्छ राशीफल

मेरोन्यूज २०७८ पुष १ गते ६:१७

आज वि. सं. २०७८ साल पौष महिनाको १ गते बिहीबार, मंसिर शुक्लपक्षको त्रयोदशी तिथि । आज पौष संक्रान्ति रहेको छ ।

मेष
थोरै थोरै प्राप्तिमा पनि मन खुशी रहने छ । पेशागत जीवन अनुकुल रहने छ । नरम खालको व्यक्तित्व र स्वाभाव हुने छ । भित्रि बुद्धिको कारण पारीवारिक जीवनमा नेतृत्व गर्न पाइने छ । अध्ययन अध्यापनमा मन जाने छ । बोलीमा भने कडापना देखिने भएकाले सतर्क रहनु होला । लेखा ब्यवसाय, चार्टड एकाउण्टेण्ट, आयात निर्यात, निर्माणका सामग्री, गिटी, वालुवा, सिमेण्ट, फलामका वस्तुहरु जस्ता क्षेत्रमा सक्रियहरुलाई फाइदा मिल्ने छ ।

वृष
आत्माविश्वासी व्यक्तित्व हुने छ ।तर रिस कडा हुने भएकाले रिस नियन्त्रणमा ध्यान दिनु होला । सुख, सुविधाको उपभोग गर्न मिल्ने छ । मनमा भने खिन्नताले सताउने छ । साझेदारीमा रहेका कामहरुमा भने अबरोध देखा पर्ने छ । आम्दानीमा भने केही बृद्धि हुने भएकाले राहत मिल्ने छ । पेशागत जीवन औसत अवस्थामा रहने छ । व्यवस्थापन, राजनीति, प्रशासन, श्रम क्षेत्र, निर्माण जगत, फोहर ब्यवस्थापन, कवाडीको सामान आदीको व्यापारमा संलग्नहरुलाई फाइदा मिल्ने छ ।

मिथुन
व्यवस्थापकीय क्षमता र आत्माविश्वासमा पनि कमि देखिने छ । परिवारमा बिबाद र समस्या आउने भएकाले सतर्कतासहित अघि बढ्नु होला । बोलीको प्रभाव घट्ने छ । आम्दानीमा भने केही सकारात्मकता वातावरण तयार हुने छ । भाग्यको साथ नरहेकाले सकारात्मक परिणाम आउन कठिन हुने छ । जीवनसाथिको साथ लिएर कार्य गरेमा फाइदा मिल्ने छ । अध्यापन, शिक्षण, पत्रकारिता, शैक्षिक क्षेत्र जस्ता विधामा संलग्नहरुलाई सकारात्मक रहने छ ।

कर्कट
मनोबल कमजोर भएको ब्यक्तित्व हुने छ । आँट र दृढताको कमि हुने छ । संयमित भएर अघि बढ्नु पर्ने देखिन्छ । निर्णय क्षमतामा ह्रास आउन जाँदा कुनै पनि विषयमा निर्णय लिन कठिन हुने छ । दुविधात्मक ब्यक्तित्व बन्ने हुँदा अन्योलता बढाउने छ । प्रतिष्पर्धात्मक क्षमतामा पनि गिरावट आउने छ । पेशाप्रति समर्पित हुन भने मन लाग्ने छ । होटल, रेष्टुरेण्ट, डान्सबार, सेक्युरिटी क्षेत्र, बाउन्सर, सेना, प्रहरी आदी क्षेत्रमा कार्यरतहरुलाई समय प्रतिकुल छ ।

सिंह
अस्पतालको खर्च धेरै हुने छ । शारीरिक चोटपटकको समय सक्रिय रहेकाले संयमित रहनु होला । समय संयमित भएर हिड्नु पर्ने खालको छ । भाग्यहिनताको अवस्था रहेकाले सुख सन्तोष हुने छैन् । घर घडेरी, फ्ल्याट बेच्नु पर्ने बाध्यात्मक अवस्था आउन सक्ने वा घर घडेरीका विषयमा घाटा ब्योहर्नु पर्ने समय रहेकाले यस विषयमा धैर्यतासाथ अघि बढ्नु होला । साझेदारीमा गरिएका काममा बिबाद बढ्ने छ । ब्यापारमा र उच्च व्यवस्थापन क्षेत्रमा सक्रियहरुले व्यवस्थापकीय विषयमा ध्यान दिनु होला ।

कन्या
आम्दानीमा कमि आउने छ । मनोबलको कमि हुनाले आफैले लिएको लक्ष्यमा बिचलन आउने छ । मनमा दुविधाले सताउने छ । साझेदारीका कामहरुमा अबरोधहरु देखा पर्ने छ । दाम्पत्य जीवनमा पनि समस्या आउने भएकाले संयमित रहनु नै उचित हुने छ । स्टेशनरी, व्यवस्थापन, वाणिज्य क्षेत्र जस्ता पेशामा आवद्धहरुलाई समय अनुकुलतातर्फ ढल्कने छ । तर पानीको कारोवार, कोल्ड ड्रिङ्स, आइसक्रिम, आयात निर्यातको ब्यापार जस्ता क्षेत्रमा सहभागिहरुलाई समय प्रतिकुल रहने छ ।

तुला
परिवारमा किचलो देखा पर्ने छ । जीवनसाथिको साथ सहित काम गरेमा त्यो निकै प्रतिफल प्राप्त हुने छ । पितासँग दृष्टिकोण नमिल्दा मनमुटाव देखा पर्ने छ । साझेदारीमा गरिएका काममा प्रगति हुन जाने भएकाले फाइदा मिल्ने छ । त्यसैगरी आफ्नो कार्यालयका हाकिमहरुसँग पनि बिबाद बढ्ने भएकाले यसबारेमा उच्च संयमताको आवश्यकता देखिन्छ । पेट्रोलिय पदार्थको कारोवार, श्रम आपूर्ति, फलामजन्य कारोवार, मलको कारोवार, विषादीको कारोवार आदीमा संलग्नहरुलाई समय अनुकुल रहने छ ।

वृश्चिक
मनमा एकपछि अर्काे समानान्तर विचार आउने भएकाले निर्णय क्षमतामा कमि आउने छ । भाग्यहिनताले गर्दा शारीरिक समस्या देखा पर्ने छ । उच्च रक्तचाप, रक्त अल्पता, हृयदघाट आदी जस्ता विषयमा सतर्क रहनु होला । शारीरिक अभ्यास र योगाभ्यासमा अनुशासित तरीकाले ध्यान दिनु होला । पेशागत जीवनमा समस्या देखा पर्न जाने देखिएकाले संयमित हुनुपर्ने समय छ । होटल, रेष्टुरेण्ट, डान्सबार, बाउन्सर, सुरक्षा निकाय, जलविद्युत, खेल, बडिगार्ड जस्ता पेशामा आवद्धहरुलाई समय प्रतिकुल रहेको छ ।

धनु
लद्युताभाषले गर्दा आफुलाई निकै कमजोर भएको महशुस हुने छ । तर आन्तरिक रुपमा भने प्रतिष्पर्धात्मक विचारले दृढता पाउने छ । अध्ययन अध्यापनमा पटक्कै मन जाने छैन् । भित्रि बुद्धिको सक्रियतामा शिथिलता आउने छ । शारीरिक कमजोरी अध्याधिक बढ्न जाने र रगतजन्य समस्या, उच्च रक्तचाप, हृयदसम्बन्धी समस्याको चुनौति रहने छ । सन्तानका क्रियाकलापले अपजस आइलाग्ने छ । बोलीमा अस्वाभाविक कडापना आउने भएकाले संयमित रहनु होला । वाणिज्य, ब्यापार, व्यवस्थापन, स्टेशनरी, पत्रकारिता जस्ता क्षेत्रमा सक्रियहरुलाई समय प्रतिकुल रहने छ ।

मकर
दृढ प्रकृतिको व्यक्तित्व बन्ने छ । तर अनावश्यक क्षेत्र र विषयमा पनि कडा प्रकारको व्यवहार देखा पर्ने भएकाले यस विषयमा विचार पु¥याउनु होला । जीवनसाथिको साथ लिएर काम गरेमा कार्य सफलता मिल्ने छ । पेशागत जीवनमा पनि समस्या देखा पर्ने छ । साझेदारीमा गरिएका काममा पनि बिबाद देखा पर्ने भएकाले सतर्क रहनु होला । ब्युटिसियन, सौन्दर्य प्रशाधन, भान्साको सामानको कारोवार, घरायशी सामानको कारोवार, सजावटका सामानको कारोवार गर्नेहरुलाई समय शुभ छ ।

कुम्भ
वौद्धिक क्षमतामा बृद्धि हुने छ । ज्ञान विज्ञानका क्षेत्रमा तिब्रता आउने छ । निर्धारित यात्रामा समस्या आउने छ । मेहनत र पराक्रमी स्वाभावमा केही कमि आउने छ । बौद्धिक क्षेत्र, प्राज्ञिक क्षेत्र, लेखन, परामर्श, धार्मिक क्षेत्र आदीमा संलग्नहरुलाई समय अनुकुल बन्दै जाने छ । मनमा सुखको शान्तिको आभाष हुने छ । सन्तानले गरेका कामबाट सुख प्राप्त हुने छ । अध्ययन अध्यापनमा पर्याप्त मन केन्द्रीत हुन जाने छ । पेशागत जीवनमा भने संयमित भएर कदम चाल्नु पर्ने समय छ । प्रतिष्पर्धात्मक स्वाभावमा पनि कमि आउने भएकाले प्रतिष्पर्धीले हेप्ने छन् ।

मीन
बोलीमा मिठासपना आउने भएकाले अरुको मन जित्न सकिने छ । परिवारको भरोसा बढ्ने छ । अध्ययन अध्यापनमा पटक्कै मन लाग्ने छैन् । विद्यार्थी जीवनमा रहेकाहरुले पढाईमा प्रगति गर्न सक्ने छैनन् । पेशागत जीवनमा पनि उल्झनहरु देखा पर्ने भएकाले विचार पु¥याउनु होला । ब्यापारमा संलग्नहरुलाई समय अनुकुल बन्ने छ । बौद्धिक क्षेत्र, शिक्षा क्षेत्र, अध्यापन, शिक्षण, स्टेशनरी, धार्मिक क्षेत्र जस्ता क्षेत्रमा संलग्नहरुलाई समय प्रतिकुल रहेको छ ।

(ज्यो. गुरु दिवाकर पन्त – ज्योतिषी, वास्तुविद्, रत्नविद् एवं हस्तरेखाविद् हुन् सम्पर्क– ९८१३६३७२३८)

प्रतिक्रिया