बुधबार, पुष ९, २०८२

भालुवाङबाट स्वास्थ्य मन्त्रालयको सेवा सुरु

मेरोन्यूज २०७८ पुष १ गते ८:२४

काठमाडौँ । लुम्बिनी प्रदेशको स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रालयले भालुवाङबाट सेवा दिन सुरु गरेको छ । स्थायी राजधानीसमेत रहेको उक्त ठाउँबाट बुधबारदेखि सेवा सुरु भएको हो ।

मन्त्री इन्द्रजित थारूले एक कार्यक्रमका बीच भालुवाङबाट सेवा सुरु गरेको जानकारी दिएका हुन् । उनले संघीय र प्रदेश सरकारको नीतिअनुसार सबै पालिकामा १५ शैय्याको अस्पताल, खोप केन्द्र, स्वास्थ्य संस्था निर्माणको काम सुरु भएको बताए ।

उनले कोभिडको तेस्रो भेरियन्टबाट नागरिकलाई सुरक्षित राख्न प्रदेश सरकारले संघीय सरकारसँग खोपको व्यवस्था गर्न पहल गरिरहेको जानकारी दिएका थिए ।

स्वास्थ्य राज्यमन्त्री विमलाकुमारी खत्री (वली)ले स्थायी राजधानीबाट सेवा सुरु भएको भन्दै सबै नागरिकले सहज ढंगले सेवा पाउने बताइन् । मन्त्रालयका सचिव डा. विकास देवकोटाले स्वास्थ्य मन्त्रालय सेवामूलक मन्त्रालय भएकाले सेवा दिने काममा कमी नहुने दाबी गरेका थिए ।

प्रतिक्रिया