सर्लाहीमा जलेर दुई बालिकासहित तीनको मृत्यु
काठमाडौँ । सर्लाहीमा आगोले जलेर तीन जनाको मृत्यु भएको छ । परालले बनेको घरमा गए राति ९ः१५ बजेको समयमा विद्युत् सर्ट भएर आगलागी हुँदा तीन जनाको मृत्यु भएको हो ।
जिल्लाको कविलासी नगरपालिका ७ सिरसिरया निवासी जोगी महराकी आठ वर्षीया छोरी लक्ष्मी र तीन वर्षकी छोरी सुगन्धीको जलेर मृत्यु भएको हो । जलेर गम्भीर घाइते उनीहरूको जिल्ला अस्पताल मलङ्गवामा समान्य उपचारपछि थप उपचारका लागि काठमाडौँ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
फुसको घरमा जाडोबाट बच्न परालको ओछ्यानमा सुतेको अवस्थामा अचानक आगलागी हुँदा मृतक दुवै बालिकाको ६० देखि ७० प्रतिशत शरीर जलेको थियो । आगोले जलेर जोगी महरा र उनकी पाँच वर्षीया छोरी सुधा सामान्य घाइते भएका छन् । आगलागीका कारण घरभित्र रहेका सम्पूर्ण सरसमान समेत जलेर नष्ट भएका छन् ।
यसैगरी, सदरमुकाम मलङ्गवा–६ खुटौनामा आगोले जलेर एक वृद्धको मृत्यु भएको छ । आगोले जलेर घाइते भएका ७० वर्षीय नसिर खाँको गए राति जिल्ला अस्पताल मलङ्गवामा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।
अत्यधिक मदिरा सेवन गरेका नसिर घुर ताप्ने समयमा शरीरमा आगो लागेको मृतककी पत्नी मदिना खातुनले जानकारी दिइन् ।










प्रधानमन्त्री कार्कीसँग संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीको भेट
साना तथा लघु उद्यम कर्जा विस्तारका लागि डीएआई-उदय परियोजनासँग ग्लोबल आइएमई बैंकको सहकार्य
नागरिक लगानी कोषले बोलायो साधारणसभा
EC scraps six political parties
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
रबि लामिछानेले प्रधानमन्त्री कार्कीलाई भने- फागुन २१ को चुनाव सार्ने चलखेल निस्तेज पार्नुस्
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
प्रतिक्रिया