कांग्रेस महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी
मेरोन्यूज
२०७८ पुष १ गते १५:२४

काठमाडौँ । नेपाली कांग्रेसको महामन्त्री पदमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन् । कांग्रेसको १४ औं महाधिवेशनबाट थापा र शर्मा महामन्त्रीमा विजयी भएका हुन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा मतगणना भएको थियो । केन्द्रीय निर्वाचन समितिका अनुसार महामन्त्रीमा खसेको कुल ४ हजार ६ सय ८२ मतमा सबैभन्दा बढी थापाले ३ हजार २३ र शर्माले एक हजार ९ सय ८४ मत प्राप्त गरेर विजयी भएका हुन् ।
यस्तै महामन्त्रीका अन्य उम्मेदवारमा क्रमशः डा प्रकाशशरण महतले एक हजार ५ सय ५६ प्रदीप पौडेलले एक ३९३, डा मीनेन्द्र रिजालले ८०९, डा राजाराम कार्कीले १०६ मत प्राप्त गरेका छन् । महामन्त्री उम्मेदवारको मतगणना बिहीबार बिहान १०ः२० बजेदेखि सुरु भएको थियो । कांग्रेस विधानअनुसार केन्द्रीय कार्यसमितिका दुई महामन्त्रीका लागि सोमबार निर्वाचन भएको थियो ।
सम्बन्धित
















सुकुमवासी बस्ती हटाउने सरकारी कदमप्रति जेन-जी मुभमेन्टको आपत्ति,बल प्रयोग गरिए आन्दोलनमा उत्रने चेतावनी
सुकुमवासी बस्ती हटाउने सरकारी कदमप्रति हर्क साम्पाङको आपत्ति,पहिले पुनर्बासको व्यवस्था होस्
बितेका २४ घण्टामा दुई हजार ६९२ जना सवारी चालक ट्राफिको कारबाहीमा
कांग्रेसले आज संसदीय दलको नेता चयन गर्दै
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
प्रतिक्रिया