बुधबार, जेठ ७, २०८२

कांग्रेस सहमहामन्त्रीमा देउवा प्यानल अग्रता लिँदै

मेरोन्यूज २०७८ पुष १ गते २०:४२

काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री पदको मतगणना जारी छ । सहमहामन्त्रीका उम्मेदवारका आठ क्लस्टरमध्ये अहिले दलित, महिला र आदिवासी जनजातिको मतगणना भइरहेको छ ।

आदिवासी जनजाति तर्फको सह–महामन्त्रीको ८९९ मत गनिसक्दा विकास लामाले ३५७ मत प्राप्त गरेका छन् भने भीष्मराज आङ्देम्बेले ५१८ मत प्राप्त गरेका छन् ।

यस्तै सहमहामन्त्री महिलातर्फ १५०४ मत गणना भएको छ । जसमा महालक्ष्मी डीना उपाध्यायले ८०३ मत ल्याएकी छन् भने कमला पन्तले ६८३ मत पाएकी छन् ।

यस्तै दलित तर्फ सहमहामन्त्रीको एक हजार ७८० मतगणना भएको छ । जसमध्ये मानबहादुर विश्वकर्मा ८३९ मत पाएका छन् । जीवन परियारले ८३१ मत ल्याएका छन् भने गंगा सुनारले ७० मत प्राप्त गरेकी छन् । मतगणना कांग्रेस केन्द्रीय कार्यालय सानेपामा भइरहेको छ ।

प्रतिक्रिया