कांग्रेस सहमहामन्त्रीमा देउवा प्यानल अग्रता लिँदै
मेरोन्यूज
२०७८ पुष १ गते २०:४२

काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री पदको मतगणना जारी छ । सहमहामन्त्रीका उम्मेदवारका आठ क्लस्टरमध्ये अहिले दलित, महिला र आदिवासी जनजातिको मतगणना भइरहेको छ ।
आदिवासी जनजाति तर्फको सह–महामन्त्रीको ८९९ मत गनिसक्दा विकास लामाले ३५७ मत प्राप्त गरेका छन् भने भीष्मराज आङ्देम्बेले ५१८ मत प्राप्त गरेका छन् ।
यस्तै सहमहामन्त्री महिलातर्फ १५०४ मत गणना भएको छ । जसमा महालक्ष्मी डीना उपाध्यायले ८०३ मत ल्याएकी छन् भने कमला पन्तले ६८३ मत पाएकी छन् ।
यस्तै दलित तर्फ सहमहामन्त्रीको एक हजार ७८० मतगणना भएको छ । जसमध्ये मानबहादुर विश्वकर्मा ८३९ मत पाएका छन् । जीवन परियारले ८३१ मत ल्याएका छन् भने गंगा सुनारले ७० मत प्राप्त गरेकी छन् । मतगणना कांग्रेस केन्द्रीय कार्यालय सानेपामा भइरहेको छ ।
सम्बन्धित
















कांग्रेसले आज संसदीय दलको नेता चयन गर्दै
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
अरनिको राजमार्ग विस्तार : सामग्रीको मूल्यवृद्धिले निर्माण सुस्त
नयाँ नियमावलीमा सांसदको विशेषाधिकार प्रस्ताव
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
प्रतिक्रिया