देउवा पक्षकी उपाध्याय सहमहामन्त्रीमा विजयी
मेरोन्यूज
२०७८ पुष १ गते २१:४४

काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री महिलातर्फ महालक्ष्मी डीना उपाध्याय विजयी भएकी छन् । उपाध्यायले २ हजार ५ सय ३३ मत प्राप्त गरेर विजयी भइन् भने कमला पन्तले २ हजार १ सय ५ मत प्राप्त गरिन् ।
सहमहामन्त्री महिला विजयी भएकी उपाध्याय शेर बहादुर देउवा पक्षकी हुन् । सहमहामन्त्रीका उम्मेदवारका आठ क्लस्टरमध्ये अहिले दलित, महिला र आदिवासी जनजातिको मतगणना भइरहेको छ । महिलाको सकिएको छ भने अरु दुईको अन्तिम चरणमा पुगेको कांग्रेस निर्वाचन समितिले जनाएको छ । मतगणना कांग्रेस केन्द्रीय कार्यालय सानेपामा भइरहेको छ ।
सम्बन्धित
















अरनिको राजमार्ग विस्तार : सामग्रीको मूल्यवृद्धिले निर्माण सुस्त
नयाँ नियमावलीमा सांसदको विशेषाधिकार प्रस्ताव
बहुपक्षीयता र शान्तिका लागि कूटनीतिक दिवस मनाइँदै
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
प्रतिक्रिया