एमालेमा रघुवीर महासेठको मर्यादाक्रम घट्यो
अव गोकर्ण र योगेशको पछि मात्रै

काठमाडौं । नेकपा (एमाले)का सचिवहरुको मर्यादाक्रम फेरि तलमाथी भएको छ । पार्टीको केन्द्रीय कमिटि बैठकमा उपमहासचिव विष्णु रिमालले प्रस्ताव गरेको नेताहरुको वरियताक्रम तोक्ने प्रस्ताव मंसिर २६ गतेको बैठकले सर्वसम्मत पारित गरेको थियो ।
उक्त प्रस्तावमा ७ सचिव मध्ये सचिव रघुवीर महासेठको बरियताक्रम सचिवमा तेस्रो नम्वरमा तोकिएको थियो । पहिलो र दोस्रो सचिवमा माओवादी छोडेर एमाले भएका टोपवहादुर रायमाझी र लेखराज भटटको नाम उल्लेख थियो । त्यसलगत्तै रघुवीर महासेठको नाम तेस्रो सचिवका रुपमा उल्लेख थियो ।
तर वैठकको निर्णय पछि पुस १ मा अध्यक्ष केपी ओलीले हस्ताक्षर गरेर पठाएको अन्तर पार्टी निर्देशिका (अपानी)मा भने रघुवीरको वरियताक्रम घटेको छ । उनलाई सचिवको तेस्रो नम्वरमा राख्दा नै अन्य सचिवहरुले आपत्ति जनाएका थिए । अघिल्लो महाधिवेशनमा पनि निर्वाचित सचिव नै रहेका गोकर्ण विष्ट र योगेश भटटराईले महासेठलाई तेस्रो सचिवका रुपमा ल्याईएकोमा असन्तुष्टि पोखेका थिए ।
त्यसपछि महासेठका वरियता घटेको हो ।
अव तेस्रो नम्वरको सचिवका रुपमा गोकर्ण विष्ट र चौथोमा योगेश भटटराई हुनेछन् । त्यसपछि मात्र रघुवीर महासेठको वरियता तोकिएको छ । महासेठपछि छविलला विश्वकर्मा छैटौं र पद्मा अर्याल सातौं नम्वरको सचिवका रुपमा मर्यादा तोकिएको छ ।
यस अगाडी पदाधिकारीको १५ औं नम्वरमा रघुवीरको वरियता तोकिएको थियो । अव उनको गोकर्ण विष्ट र योगेश भटटराईको पछि १७ औं नम्वरमा वरियता तोकिएको छ ।
एमाले केन्द्रीय कमिटि बैठकले पदाधिकारी सम्मको मात्र वरियता निर्धारण गरेको छ । अन्य नेताहरुको वरियता तोक्ने जिम्मा पनि अध्यक्ष ओलीलाई नै दिईएको छ ।
रघुवीरलाई यस अगाडी नेकपा कालमा पनि कुनै पदाधिकारी र स्थायी कमिटिमै समेत नरहेको नेतालाई स्थायी कमिटिमा लगेको भन्दै नेताहरुले आपत्ति जनाएको थिए ।
पहिला यस्तो थियो
टोपबहादुर रायमाझी
लेखराज भट्ट
रघुवीर महासेठ
छविलाल विश्वकर्मा
गोकर्ण विष्ट
योगेश भट्टराई
पद्मा अर्याल
अपानीमा अव यसो भनेर आयो

















६ जिल्लामा श्रम संस्कृति पार्टीकाे अग्रता
कुलमानलाई पराजित गर्दै काठमाडौँ–३ बाट रास्वपाका पाण्डे विजयी
कतारी नौसेना बहराइनमा सुरक्षित
झापाका पाँचै निर्वाचन क्षेत्रमा मतान्तर बढाउँदै रास्वपा उम्मेदवार
श्रीलङ्काको समुद्री तट नजिक इरानी युद्धपोत डुब्यो, झण्डै १५० जना बेपत्ता
शंकास्पद वस्तुसहित पर्सा क्षेत्र नं. २ का नेकपा उम्मेदवार मनोज चौधरी पक्राउ
आजकाे विदेशी मुद्राको विनिमयदर : युराे घट्याे
निर्वाचनमा हेलिकप्टर गस्ती गर्ने केन्द्रीय सुरक्षा समितिको निर्णय
कतारमा संदिग्ध १० इरानी जासुस पक्राउ
प्रतिक्रिया