बिहीबार, पुष १०, २०८२

एमाले सचिवमा गोकर्ण विष्ट र योगेश भट्टराईको बढुवा

मेरोन्यूज २०७८ पुष २ गते १०:०५

काठमाडौँ । नेकपा एमालेले दशौँ महाधिवेशनमा निर्वाचित सात सचिवको वरीयता क्रम सच्च्याइएको छ । नयाँ वरीयताअनुसार पूर्वमाओवादी नेता टोपबहादुर रायमाझी पहिलो स्थानमा परेका छन् ।

त्यस्तै, क्रमशः लेखराज भट्ट, गोकर्णराज विष्ट, योगेश भट्टराई, छविलाल विश्वकर्मा, रघुवीर महासेठ र पद्या अर्याल रहेका छन् । यसअघि छविलाल र रघुवीरभन्दा विष्ट र योगेश पछाडि रहेका थिए ।

नयाँ वरीयतामा गोकर्ण र योगेशलाई माथि ल्याइएको हो ।

प्रतिक्रिया