कांग्रेस सहमहामन्त्रीतर्फ मुस्लिम, मधेसी र खसआर्यतर्फको मतगणना सुरु
मेरोन्यूज
२०७८ पुष २ गते ११:३८

काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनअन्तर्गत सहमहामन्त्री पदको मतगणना जारी छ । आज बिहान करिब ११ बजेदेखि कांग्रेस केन्द्रीय कार्यालय सानेपामा मतगणना भइरहेको छ ।
केन्द्रीय निर्वाचन समितिका अनुसार अहिले तीनवटा क्लष्टरको सहामहामन्त्रीको मुस्लिम, मधेसी र खसआर्यतर्फको मतगणना भइरहेको हो । नौ ठाउँमा मतगणना भइरहेको छ ।
खसआर्यतर्फ किशोरसिंह राठौर र देवराज चालिसे, मधेसीतर्फ महेन्द्र यादव, रञ्जीत कर्ण र रामकृष्ण यादव तथा मुस्लिमतर्फ फरमुल्लाह मन्सुर र शेख वकिल प्रतिष्पर्धामा छन् ।
बिहीबार महिला दलित/आदिवासी जनजाति तर्फको सहमहामन्त्रीको मतगणनापश्चात् नतिजा सार्वजनिक भइसकेको छ ।
महिला सहमहामन्त्रीमा महालक्ष्मी उपाध्याय ‘डिना’, आदिवासी जनजातितर्फ भीष्मराज आङदेम्बे र दलित सहमहामन्त्रीमा जीवन परियार विजयी भइसकेका छन् ।
सम्बन्धित
















सुकुमवासी बस्ती हटाउने सरकारी कदमप्रति जेन-जी मुभमेन्टको आपत्ति,बल प्रयोग गरिए आन्दोलनमा उत्रने चेतावनी
सुकुमवासी बस्ती हटाउने सरकारी कदमप्रति हर्क साम्पाङको आपत्ति,पहिले पुनर्बासको व्यवस्था होस्
बितेका २४ घण्टामा दुई हजार ६९२ जना सवारी चालक ट्राफिको कारबाहीमा
कांग्रेसले आज संसदीय दलको नेता चयन गर्दै
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
प्रतिक्रिया