नर्भिकमा यी रोगका विरामीले निःशुल्क ओपिडी सेवा पाउने

काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा शनिबार दुई फरक विषयसँग सम्बन्धित विशेषज्ञ चिकित्सकहरुले निःशुल्क ओपिडी सेवा सञ्चालन गर्ने भएका छन् ।
नर्भिक अस्पतालको यूरोलोजी टिमले विशेष ओपिडी निःशुल्क संचालन गर्न लागेको हो ।
शनिबार(भोलि) १० देखि १२ बजेसम्म सञ्चालन हुने निःशुल्क ओपीडीमा यूरोसर्जरी विशेषज्ञ डा. सञ्जिवभक्त विष्ट र डा. सुनिल श्रेष्ठले निःशुल्क सेवा दिने छन् । उनीहरु नेतृत्वको यूरोलोजी टिम नै निःशुल्क ओपिडीमा उपलब्ध हुने अस्पतालले जनाएको छ ।
मृगौला, मूत्र प्रणाली, पिसाब थैली, प्रोस्टेट तथा पत्थरी सम्बन्धी समस्या भएकाहरुले यूरोलोजी टिमको निःशुल्क ओपिडीबाट लाभ लिन सक्नेछन् । निःशुल्क ओपिडीमा सहभागी हुने कुनै बिरामीको सर्जरीको आवश्यकता देखिएमा सहुलियत दरसमेत उपलब्ध गराइने बताइएको छ ।
यस्तै, नर्भिक अस्पतालमा कार्यरत ग्यास्ट्रोइन्टेरोलोजिस्ट तथा नर्भिकको डाइजेस्टिभ डिजिज सेन्टरका प्रमुख डा. सन्दीपराज कुँवरले शनिबार नै निःशुल्क ओपिडी सञ्चालन गर्ने छन् । पेट तथा आन्द्रा वा पाचन प्रणालीसम्बन्धी समस्या भएका बिरामीले डा. कुँवरको निःशुल्क ओपिडीबाट लाभ लिन सक्ने छन् ।
डा. कुवरले बिहान १० बजेदेखि १२ बजेसम्म निःशुल्क ओपिडी सेवा दिने छन् । नर्भिक अस्पतालले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत विगत केही महिनादेखि प्रत्येक शनिबार निःशुल्क ओपिडी सेवालाई सञ्चालन गर्दै आएको छ । निःशुल्क ओपिडी सेवामा सर्वसाधारणको आकर्षण रहेको छ । निःशुल्क ओपिडी सेवा लिन चाहनेले नर्भिक अस्पतालको कल सेन्टरको नम्बर ५९७००३२ मा सम्पर्क गरेर आफ्नो नाम अग्रिम टिपाउन सक्ने सुविधा उपलब्ध छ ।
















घुस लिएको आरोपमा सई दिनेश राउतविरुद्ध मुद्दा दायर
तेह्रथुममा नौ दिनदेखि हराइरहेकी महिला मृत फेला
सुदन किराँती श्रम संस्कृति पार्टीमा प्रवेश, हर्कले गरे स्वागत
क्रुज जहाजमा हान्ताभाइरस सङ्क्रमण, डब्लुएचओले भन्यो– सर्वसाधारणलाई जोखिम न्यून
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया