कांग्रेसका सहमहामन्त्रीको मत गणना जारी

काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत नयाँ कार्य समिति चयनका लागि भएको निर्वाचनमा बाँकी सहमहामन्त्री पदको मतगणना जारी रहेको छ । बाँकी सहमहामन्त्रीको मतगणना जारी रहेको र केहीबेरपछि प्रारम्भिक नतिजा आउने कांग्रेसको केन्द्रीय निर्वाचन समितिका सचिव केशव रिजालले जानकारी दिए ।
कांग्रेसका महामन्त्री पदको आठ क्लष्टरमध्ये तीनको बिहीबार मत परिणाम आइसकेकाले शुक्रबार बाँकी पाँच क्लस्टरको मतगणना भइरहेको हो । कांग्रेस सहमहामन्त्रीमा आठ जना निर्वाचित हुने व्यवस्था छ ।
महिला, दलित र आदिवासी जनजाति क्लष्टरको सहमहामन्त्री पदको मत परिणाम अनुसार महिलातर्फ सहमहामन्त्रीमा महालक्ष्मी उपाध्याय ‘डिना’, दलिततर्फ सहमहामन्त्री जीवन परियार र आदिवासी जनजाति सहमहामन्त्रीमा भीष्मराज आङ्दाम्बे निर्वाचित भइसकेका छन् । बाँकी पाँच क्लष्टरमध्ये अब सहमहामन्त्री पदका खसआर्य, मधेशी, थारु, मुस्लिम र पिछडिएको क्लष्टरको मतगणना भइरहेको छ ।
खसआर्य समूहमा किशोरसिंह राठोर, देवराज चालिसे, मधेशी क्लष्टरबाट सहमहामन्त्रीमा महेन्द्र यादव र रामकृष्ण यादव प्रतिस्पर्धामा रहेका छन् । थारु क्लष्टको सहमहामन्त्रीमा उमाकान्त चौधरी, तेजुलाल चौधरी तथा मुष्लिम क्लष्टरबाट फरमुल्लाह मन्सुर र शेख वकिल चुनावी प्रतिस्पर्धामा छन् । त्यसैगरी पिछडिएको समूहबाट जीवनबहादुर शाही, बद्री पाण्डे र चेतराज बराल उम्मेदवार छन् ।
महाधिवेशनमा भएको निर्वाचनअन्तर्गत अब केही सहमहामन्त्री र केन्द्रीय सदस्यको मत गणना बाँकी छ । कांग्रेसको सभापतिबाहेकका पदाधिकारी र सदस्यको पार्टी केन्द्रीय कार्यालय सानेपामा मतगणना भइरहेको हो ।











निर्वाचन आयोगद्वारा अन्तिम मतदाता नामावली सूची प्रकाशित
फेरि संवादमा जुटे बालेन र कुलमान
कांग्रेस निर्णय- समानुपातिक उम्मेदवार चयन मापदण्ड तयार, अनुशासनको कारबाहीमा परेकालाई माफी
नेपालमा पार्टी पनि विदेशीले बनाइदिन थाले : राजेन्द्र लिङ्देन
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
आज त्रिविको ५१ औँ दीक्षान्त समारोह, प्रमुख अतिथिमा नोबेल पुरस्कार विजेता
लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो
प्रतिक्रिया