आइतबार, जेठ ४, २०८२

कांग्रेस सहमहामन्त्री मतगणना : खसआर्यतर्फ किशोरको अग्रता

मेरोन्यूज २०७८ पुष २ गते १५:०३

काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनअन्तर्गत सहमहामन्त्री पदको मतगणना जारी छ ।
अहिले तीनवटा क्लष्टरको मतगणना गरिँदै छ ।

खस आर्य कोटामा सहमहामन्त्रीमा किशोर सिंह रठोरले अग्रता लिएका छन् । केन्द्रीय निर्वाचन समितिका अनुसार एक हजार ९९५ मतगणना गर्दा रठोरले ११०३ मत प्राप्त गरेका छन् भने अर्का उमेदवार देवराज चालिसेले ८४९ मत ल्याएका छन् । रठोर सभापति शेरबहादुर देउवा समुहका हुन् ।

प्रतिक्रिया